शुक्रबार, भदौ ५, २०८३

माओवादी केन्द्रीय समितिको बैठक बस्दै

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्ने भएको छ। बैठक आज भर्चुअल रूपमा बस्न लागेको हो।
 |  शुक्रबार, कात्तिक २६, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २६, २०७८

काठमाडौं– माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्ने भएको छ। बैठक आज भर्चुअल रूपमा बस्न लागेको हो।

अधिकांश नेताहरू उपत्यका बाहिर भएकाले साँझ ६ बजे बैठक बस्ने तयारी गरिएको बताइएको छ। बैठकमा आसन्न राष्ट्रिय सम्मेलनका विषयमा केन्द्रित रहने स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले बताए।

राष्ट्रिय सम्मेलनको तयारीका विषयमा केन्द्रित रहने बैठकमा वडा, पालिका तथा जिल्ला सम्मेलनका विषयमा समेत छलफल हुने उनले बताए।

बैठकमा संगठित सदस्यता नवीकरणको म्याद थप्ने विषयमा समेत छलफल हुने बताइएको छ। पार्टीको सदस्यता नवीकरणको म्याद आज सकिँदै छ।

प्रकाशित: Nov 12, 2021| 09:27 शुक्रबार, कात्तिक २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...