शुक्रबार, भदौ ५, २०८३

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

सत्तारूढ दल नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज बस्ने भएको छ।
 |  शुक्रबार, कात्तिक २६, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २६, २०७८

काठमाडौं- सत्तारूढ दल नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज बस्ने भएको छ।

बैठक शुक्रबार दिउँसो २ बजे बानेश्वरस्थित अर्पण बैंक्वेटमा बस्ने उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

शुक्रबार बस्ने स्थायी कमिटीको आठौं बैठकले २७२८ कात्तिकमा बस्ने केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकका प्रस्तावहरू अनुमोदन गर्ने उनले बताए। 

बैठकले एमालेसहित विभिन्न कम्युनिस्ट पार्टी परित्याग गरी प्रवेश गरेका, प्रवेश गर्ने तयारीमा रहेकालाई जिम्मेवारी र भूमिका दिन निश्चित मापदण्ड निर्धारण गरी केन्द्रीय कमिटीमा पेश गर्नेछ।

शनिबार र आइतबारका लागि केन्द्रीय कमिटी बैठक बोलाइएको छ।


प्रकाशित: Nov 12, 2021| 07:11 शुक्रबार, कात्तिक २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...