शनिबार, चैत ७, २०८२

विश्वविद्यालयको ध्यान शैक्षिक विकासमा केन्द्रित हुनुपर्छ : गणेश तिमिल्सिना

विश्वमा नाम चलेका विश्वविद्यालयको सूचीमा बौद्ध विश्वविद्यालयलाई सूचीकृत गराउनुपर्ने उनको भनाइ थियो। यसका लागि प्राध्यापक/शिक्षकले चासो दिनुपर्ने उनको भनाइ छ।
 |  बिहीबार, कात्तिक २५, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २५, २०७८

बुटवल- राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले विश्वविद्यालयहरुले शैक्षिक विकासमा विशेष ध्यान दिनुपर्ने बताएका छन्। लुम्बिनी बौद्ध विश्वविद्यालयमा बिहीबार आयोजित विश्वविद्यालय र स्पेनको संस्था लुम्बिनी गार्डेन फाउन्डेसनबीचको सहकार्य सम्झौतामा हस्ताक्षर कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले यस्तो कुरा बताएका हुन । उनले मुलुकको जेठो विश्वविद्यालयले गर्न नसकेको काम बौद्ध विश्वविद्यालयले गर्नुपर्ने बताए।

National life

विश्वमा नाम चलेका विश्वविद्यालयको सूचीमा बौद्ध विश्वविद्यालयलाई सूचीकृत गराउनुपर्ने उनको भनाइ थियो। यसका लागि प्राध्यापक/शिक्षकले चासो दिनुपर्ने उनको भनाइ छ। 

'पूर्वीय मुलुकमा अहिले बौद्ध दर्शन अध्ययन गर्ने परिपाटीको विकास भइरहेको सन्दर्भमा ती अध्येताहरुलाई बुद्ध जन्मेकै स्थानमा पढाउने व्यवस्था गर्न जरुरी छ। बुद्ध दर्शन सबैको साझा हो। साझा दर्शनलाई धर्ममा मात्रै नजोडेर विश्वभर शान्ति र अहिंसाको सन्देश प्रवाह गर्ने माध्यम बनाउन जरुरी छ,' उनले भने। 

अध्यक्ष तिमिल्सिनाले विश्वविद्यालयमार्फत शैक्षिक उन्नयनका काम गर्नका लागि उपकुलपति, रेक्टर, रजिष्ट्रारहरु सक्रिय हुनुपर्ने बताए। स्पेनको संस्थासंगको सहकार्य सम्झौता बौद्ध शिक्षा पर्वद्धन र विकासका लागि कोशेढुंगा सावित हुने विश्वास उनले गरे।

लुम्बिनी बौद्ध विश्वविद्यालय र लुम्बिनी गार्डेन फाउन्डेसनबीच आपसी सहकार्य पत्रमा हस्ताक्षर भएको छ। विश्वविद्यालयकातर्फबाट उपकुलपति प्रा.डा. हृदरत्न बज्राचार्य र रजिष्ट्रार डा. तिलकराम आचार्य तथा फाउन्डेसनकातर्फबाट अध्यक्ष जोशे म्यानुएल भिलानोभा र उपाध्यक्ष गोविन्द सुवेदीले हस्ताक्षर गरेका छन्। 

Laxmi sunrise bank
kumari

दक्ष जनशक्ति उत्पापदन, पर्यटन प्रवद्र्धन, स्पेनिस र नेपाली भाषा एकअर्का देशका विद्यार्थीमा पठनपाठन, प्राज्ञिक व्यक्तित्वबीच शैक्षिक प्रवद्र्धन कार्यक्रम, आर्थिक अनुदान लगायतका उद्देश्यहरु सहमति पत्रमा उल्लेख गरिएको छ।  विश्वविद्यालयका उपकुलपति बज्राचार्यले विश्वविद्यालयले दश वर्षे रणनीति तय गरिहरको भन्दै यसले आगामी दिसा निर्दिष्ट गर्ने बताए। कोर बुद्धिष्ट फिलोसोफिलाई सीप विकासमा प्रयोग गर्ने गरी अहिले विश्वविद्यालयले पठनपाठन गराइरहेको उनले बताए। फाउन्डेसनका अध्यक्ष जोशे म्यानुएल भिलानोभाले विश्वविद्यालयसंग सहकार्य गर्न पाउदा खुसी व्यक्त गर्दै बौद्ध दर्शन र शिक्षाको विकासमा सहयोग रहने प्रतिवद्धता व्यक्त गरे।


प्रकाशित: Nov 11, 2021| 21:03 बिहीबार, कात्तिक २५, २०७८
प्रतिक्रिया दिनुहोस्