शनिबार, चैत ७, २०८२

कर्णाली प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा. निरेश थापा

अदालतको अन्तरिम आदेश छलेर नियुक्त भएको भन्दै यसअघिका उपकुलपति डा. मंगल रावललाई दैनिक कामकाजमा रोक लगाईएको छ।
 |  शुक्रबार, कात्तिक २६, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २६, २०७८

काठमाडौं- सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा. निरेश थापालाई नियुक्त गरेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले बिहिबार मन्त्रीस्तरिय निर्णय गर्दै डा. थापालाई निमित्त कार्यबहाकको जिम्मेवारी दिएका हुन्।

National life

अदालतको अन्तरिम आदेश छलेर नियुक्त भएको भन्दै यसअघिका उपकुलपति डा. मंगल रावललाई  दैनिक कामकाजमा रोक लगाईएको छ। 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहकुलपतिस्तरको निर्णयानुसार अर्को व्यवस्था नभएसम्म आर्थिक तथा प्रशासनिक अधिकार प्रयोग गर्ने गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्ति उपकुलपतिको जिम्मेवारी दिइएको छ जनाइएको छ।

उपकुलपति डा. रावल र रजिष्ट्रार नृपेन्द्र महतका विषयमा गुनासो आएपछि प्रतिष्ठानको सहकुलपति रहेका मन्त्री खतिवडाले मंगलबारदेखि दैनिक कामकाज गर्न रोक लगाइएको थियो।

प्रकाशित: Nov 12, 2021| 06:19 शुक्रबार, कात्तिक २६, २०७८
प्रतिक्रिया दिनुहोस्