शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • उच्चस्तरीय स्विस प्रतिनिधिमण्डल र कांग्रेस उपसभापति निधिबीच भेटवार्ता

उच्चस्तरीय स्विस प्रतिनिधिमण्डल र कांग्रेस उपसभापति निधिबीच भेटवार्ता

नेपालमा स्विस सरकारले सहयोग गरेका आयोजनाको रणनीतिक मूल्यांकनका लागि नेपाल भ्रमणमा आएको स्विस उच्चस्तरीय प्रतिनिधिमण्डल र नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिबीच भेटघाट भएको छ।
 |  बिहीबार, कात्तिक २५, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २५, २०७८

काठमाडौं- नेपालमा स्विस सरकारले सहयोग गरेका आयोजनाको रणनीतिक मूल्यांकनका लागि नेपाल भ्रमणमा आएको स्विस उच्चस्तरीय प्रतिनिधिमण्डल र नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिबीच भेटघाट भएको छ।

निधि निवास बानेश्वरमा भएको भेटमा स्वीस प्रतिनिधिमण्डलले नेपालको परिवर्तित राजनीतिक सन्दर्भ, नयाँ संविधान र संघीयताको कार्यान्वयन तथा संक्रमणकालीन न्याय र विकास निर्माणको क्षेत्रमा स्वीस सरकारले गरेको सहयोगका विषयमा कुराकानी भएको निधिको सचिवालयले  जानकारी दिएको छ। 

नेपालको विकासमा स्विस सरकारको सहयोगको निधिले प्रशंसा गरेका थिए। सहयोगका लागि धन्यवाद दिँदै उनले अन्य विकासमा पनि सहयोग विस्तार गर्न आग्रह गरेका थिए। साथै, निधिले नेपालमा कृषि, जलविद्युतको क्षेत्रमा लगानी गर्नका लागि लगानीकर्ता पठाउन पनि आग्रह गरेका थिए।

जवाफमा नेपालका लागि स्वीस राजदूत एलिजावेथ भन क्यापिलरले त्यसका लागि आफूहरु तयार रहेको भन्दै नेपालको झन्झटिलो सार्वजनिक खरिद ऐन संशोधन गर्ने विषयमा ध्यानाकर्षण गराएकी थिइन्। 

नेपाल भ्रमणमा रहेको उच्चस्तरीय प्रतिनिधिमण्डलले प्रदेश १ का जिल्लाहरुमा सञ्चालित परियोजनाको स्थलगत भ्रमण गर्ने कार्यक्रम रहेको छ। प्रतिनिधिमण्डलमा राजदूत क्यापिलरसहित मेरी हब्ली, गर्ट इञ्जल्समन, क्रिस्टोफ गार्फ र जोसे लुइस पेरेरा ओसियो सहभागी थिए।

प्रकाशित: Nov 11, 2021| 20:06 बिहीबार, कात्तिक २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...