शुक्रबार, भदौ ५, २०८३

हामी कम्युनिस्टजस्तो भोटका व्यापारी होइनौं : एनपी साउद

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले कांग्रेस कम्युनिस्टजस्तो भोटको व्यापारी नभएको बताएका छन्।
 |  बिहीबार, कात्तिक २५, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २५, २०७८

कञ्चनपुर- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले कांग्रेस कम्युनिस्टजस्तो भोटको व्यापारी नभएको बताएका छन्।

गृहजिल्ला कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस कम्युनिस्टजस्तो भोटको व्यापारी नभएको बताएका हुन्। 

‘भूमि अधिकारलाई संविधानले मौलिक अधिकारको रुपमा सुनिश्चित गरेको छ। यो भूमिको अधिकार हरेक नागरिकले पाउनुपर्छ,’ नेता साउदले भने, ‘हामी भोटका व्यापारी होइनौं। इमान नभएको राजनीति गर्न हामीले जानेका छैनौं।,’ 

कांग्रेसले आरक्षपीडित तथा भूमिहीनका समस्या समाधान गर्नेमा जोड दिँदै उनले कञ्चनपुरमा तत्कालीन शक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा विस्थापित आरक्षपीडितका नाममा कटान भएको जग्गा अरुले नै कब्जा गरिसकेको पनि बताए।    

‘आरक्षपीडितका नाममा कटान भएको जग्गा अरुले नै कब्जा गरिसके। आरक्षपीडित हेरेको हेर्‍यै भए। विवेकले जुनी एकै हुन्छ। अर्को जुनीका लागि सपना सजाएर मात्र यो समस्या समाधान हुन सक्दैन,’ साउदले भने, ‘शासन गर्नका लागि मात्र राज्य बनेको छ भने त्यो राज्य अर्थहीन छ। राज्य समाजको गोठालो हो।’

विगत २२ वर्षदेखि आरक्षपीडितका समस्या समाधान हुन नसकेको प्रति उनले दुःख व्यक्त गरे। भइसकेको छ। ‘२२ वर्ष भइसकेको छ। मलाई पनि पीडा छ,’ नेता साउदले भने। 

सरकारले आरक्षपीडितको समस्या समाधान सहज बनाउन मुआब्जा दिने निर्णय गरेपछि धेरै समस्या समाधान भएको जिकिर गरे। ‘समस्या समाधान होस्। कसैको घर बनोस्, जग्गा बनोस्। न बिजुली छ, न खानेपानी छ,’ नेता साउदले भने, ‘दशकौंदेखि एउटै पीडा भोगिरहेका छन्। अव त्यो समस्या समाधान हुन्छ। दुई चार जनालाई जागिर दिने उद्देश्यमा कांग्रेस छैन।’

प्रकाशित: Nov 11, 2021| 14:35 बिहीबार, कात्तिक २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...