शनिबार, चैत ७, २०८२

विद्यालयमा तोकिएको पाठ्यक्रमअनुसार पठनपाठन नभए अनुदान रोक्ने सरकारको चेतावनी

ल्याब व्यस्थापनबापत पाउने रकम कार्यक्रम कार्यान्वयन पुस्तिकामा तोकिएबमोजिम हुने सूचनामा उल्लेख गरेको छ।
 |  बिहीबार, कात्तिक २५, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २५, २०७८

काठमाडौं – शिक्षा तथा मानवस्रोत विकास केन्द्रले प्राविधिक धारतर्फका विद्यालयमा तोकिएको पूर्वाधार र पाठ्यक्रमले तोकेबमोजिम पठनपाठन सञ्चालन नभए जुनसुकै बेला अनुदान रोक्न सक्ने चेतावनी दिएको छ। कार्यक्रमलाई निरन्तरता दिन विद्यालयले तोकिएको मापदण्ड पूर्ण पालना गर्नुपर्ने केन्द्रले आग्रह गरेको छ।

National life

केन्द्रले सूचना जारी गर्दै शैक्षिक सत्र २०७० देखि हालसम्म साविकको शिक्षा विभागबाट अनुमति प्रात गरी हालको शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट अनुदान छनोटमा परेका सामुदायिक विद्यालयको कार्यक्रम निरन्तरता लागि आर्थिक वर्ष ०७८–७९ को बजेट तथा कार्यक्रममा व्यवस्था भएकाले मापदण्ड र आवश्यकताका आधारमा कक्षा थप अनुमतिको प्रक्रिया अघि बढाउन भनेको छ।   

केन्द्रले अनुदान छनोटमा परेका प्राविधिक तथा व्यावसायिक धार सञ्चालनमा रहेका सामुदायिक विद्यालयले सम्बन्धित स्थानीय तहबाट अनुमति र कक्षा थप गरी कार्यक्रमलाई निरन्तरता दिन सकिने जनाएको छ। केन्द्रले अनुमति पाई अनुदान छनोटमा परेका ४८४ प्राविधिक धारका विद्यालयमा प्रशिक्षक, सहायक प्रशिक्षक, शिक्षक अनुदान एवं प्रतिविद्यार्थी लागत लगायतका विषयमा व्यवस्थापन गर्न सबै स्थानीय तहलाई आग्रह गरेको छ।

केन्द्रले कक्षा ९ सञ्चालन गर्ने विद्यालयलाई प्रशिक्षक एक जना (सम्बन्धित विषयमा स्नातक) मावि तृतीय श्रेणी सरहको शिक्षक अनुदान, सहायक प्रशिक्षक १ जना (सम्वन्धित विषयमा डिप्लोमा सीटीईभीटी वा सोसरह) निमावि तृतीय श्रेणीसरहको शिक्षक अनुदान दिँदै आएको जनाएको छ।

ल्याब व्यस्थापनबापत पाउने रकम कार्यक्रम कार्यान्वयन पुस्तिकामा तोकिएबमोजिम हुने सूचनामा उल्लेख गरेको छ।  

यस्तै कक्षा १० सञ्चालन गर्दा प्रशिक्षक १ जना (सम्बन्धित विषयमा स्नातक) मावि तृतीय श्रेणीसरहको शिक्षक अनुदान, सहायक प्रशिक्षक १ जना (सम्बन्धित विषयमा डिप्लोमा सीटीईभीटी वा सोसरह) निमावि तृतीय श्रेणीसरहको शिक्षक अनुदान दिँदै आएको सूचनामा उल्लेख गरेको छ।

Laxmi sunrise bank
kumari

कक्षा ११ सञ्चालन गर्ने विद्यालयमा मावि विज्ञान शिक्षक १ जनाका लागि (साविकको उमावि द्वितीय श्रेणीसरहको शिक्षक अनुदान सम्बन्धित विषयमा स्नातकोत्तर भौतिक, रसायन र जीवविज्ञानमध्ये विद्यालयको आवश्यकताको आधारमा कुनै १ कोटा), प्रशिक्षक १ जना (सम्बन्धित विषयमा स्नातकोत्तर तर उक्त जनशक्ति उपलब्ध नभएमा १ वर्षको कार्य अनुभव भएका सम्बन्धित विषयमा स्नातक) मावि द्वितीय श्रेणीसरहको शिक्षक अनुदान, कक्षा १२ सञ्चालन गर्ने विद्यालयलाई मावि विज्ञान शिक्षक १ जना ( साविकको उमावि मावि द्वितीय श्रेणीसरहको शिक्षक अनुदान सम्बन्धित विषयमा स्नातकोत्तर भौतिक रसायन र जीवविज्ञानमध्ये विद्यालयको आवश्यकताका आधारमा कुनै एक कोटा), प्रशिक्षक १ जना (सम्बन्धित विषयमा स्नातकोत्तर तर उक्त जनशक्ति उपलब्धता नभएमा १ वर्षको कार्य अनुभव भएका सम्बन्धित विषयमा स्नातक मावि द्वितीय श्रेणीसरहको शिक्षक अनुदान) प्रदान गर्ने केन्द्रले जनाएको छ।

केन्द्रले प्रत्येक विद्यालयमा एक जना सम्बन्धित विषयमा कम्तिमा टीएसएलसी वा सोसरहको योग्यता भएको प्रावि तृतीय श्रेणीको तलव भत्ता प्रतिविद्यार्थी अनुदानबाट व्यवस्था हुने गरी र नपुग विद्यालय स्वयंले समेत व्यवस्था गर्ने गरी प्रशिक्षण सहायक नियुक्त गर्न निर्देशन दिएको छ। ल्याब व्यस्थापनबापत पाउने रकम कार्यक्रम कार्यान्वयन पुस्तिकामा तोकिएबमोजिम हुने सूचनामा उल्लेख गरेको छ।  

प्राविधिक धार कक्षा (९–१२)  तर्फ निर्धारित शिक्षक, प्रशिक्षक, सहायक प्रशिक्षकका लागि तोकिएको तलब व.उ.शि.नं ३५००००१५ मा समावेश भई वित्तीय हस्तान्तरण हुने भएकाले सो बाट नियमानुसार भुक्तानीको व्यवस्था सम्बन्धित स्थानीय तहमार्फत हुने सूचनामा उल्लेख गरिएको छ। यसका साथै केन्द्रले प्राविधिक तथा व्यवसायिक शिक्षाको पाठ्यक्रम केन्द्रको वेबसाइटबाट डाउनलोड गर्न सकिने जनाएको छ।

प्रकाशित: Nov 11, 2021| 12:21 बिहीबार, कात्तिक २५, २०७८
प्रतिक्रिया दिनुहोस्