शनिबार, चैत ७, २०८२

राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान

शिक्षा मन्त्रालयअन्तर्गतको सिफारिस समितिले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान गरेको छ।
 |  बिहीबार, कात्तिक २५, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २५, २०७८

काठमाडौं- शिक्षा मन्त्रालयअन्तर्गतको सिफारिस समितिले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान गरेको छ। बोर्डका तत्कालीन अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलको चार वर्षे कार्यकाल सकिएसँगै समितिले आज गोरखापत्रमा एक सूचना प्रकाशित गर्दै नयाँ अध्यक्ष नियुक्तिका लागि दरखास्त मागेको हो। 

National life

५ हजार दस्तुर तिरेर आगामी मंसिर ९ गतेभित्र दरखास्त दिन सकिने समितिले जनाएको छ। दरखास्त फारम शिक्षा मन्त्रालयको वेबसाइटबाट डाउनलोड गरेर भर्न सकिने र शिक्षा मन्त्रालयमा रहेको बोर्ड अध्यक्ष सिफारिस समितिको सचिवालयमा बुझाउन सकिने छ। 

बोर्डको अध्यक्ष हुनका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तिमा स्नातकोत्तर उपाधि गरेको, दरखास्त दिँदाका बखत कुनै राजनीतिक दलको सदस्य नभएको, शिक्षा र प्राध्यापन क्षेत्रमा बाह्र वर्षको अनुभव हासिल गरी सोही समयमा परीक्षा व्यवस्थापन र सञ्चालन कार्यमा कम्तीमा तीन वर्षसहितको अनुभव हुनुपर्ने लगायतका योग्यता तोकिएको छ।



प्रकाशित: Nov 11, 2021| 09:19 बिहीबार, कात्तिक २५, २०७८
प्रतिक्रिया दिनुहोस्