बिहीबार, चैत १२, २०८२

स्वीडेनको संघर्षपुर्ण जित, स्विट्जरल्यान्ड १-० ले पराजित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- रुसमा जारी विश्वकपको प्रि-क्वाटरफाइनलको खेलमा स्वीडेनले संघर्ष पुर्ण जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ। स्वीडेनले स्विट्जरल्यान्डविरुद्ध १-० को झिनो अन्तरले जित निकालेको हो। स्वीडेनको जितका लागी एक मात्र गोल इमिल फोर्सबर्गले गरेका हुन्। उनले खेलको ६६ औं मिनेटमा गोल गर्न सफल भए । टोइभोनेनको पासमा फोर्सबर्गले उत्कृष्ट गोल गरेका हुन।

पहिलो हाफमा दुबै टिमले गोलरहित बराबरी खेलेका थिए। दुवै हाफमा बल नियन्त्रणमा राखेपनि स्वीट्जरल्यान्डले गोल गर्न भने सकेन। स्वीट्जरल्यान्डले एकपछि अर्को गोल गर्ने अवसर खेर फालेको थियो। आक्रमक खेलेको स्विट्जरल्यान्डका खेलाडी विरुद्ध रेफ्रिले एक रातो कार्ड र दुई पहेलो कार्ड प्रयोग गरे। 

रातो कार्ड स्विट्जरल्यान्डका लाङ्ग विरुद्ध प्रयोग गरेका थिए । त्यस्तै स्विट्जरल्यान्डका खेलाडी विरुद्ध दुई र स्वीडेनका खेलाडी विरुद्ध एक पहेलो कार्ड प्रयोग गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।