काठमाडौं– नेपालमा बुधबार ४४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ६ हजार ८१४ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ४७४ जना कोरोना मुक्त भएका छन् भने ६ जनाको मृत्यु भएको छ।
हालसम्म नेपालमा ९ लाख १० हजार ७३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरुमध्ये ७ लाख ९६ हजारर ७८० जना संक्रमणमुक्त भएका छन्। हाल ७ हजार ५१९ सक्रिय कोरोना संक्रमित छन्।