शनिबार, चैत ७, २०८२

प्रदूषणबाट बच्न खानुहोस् यी तीन कुरा

केराको लस्सी, अमला र स्याउको मिक्स जुस, पुदिना र भुइकटहरको मिक्स जुसजस्ता खानेकुराले वायु प्रदूषणबाट बच्न सहयोग गर्छन्।
 |  बिहीबार, कात्तिक २५, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २५, २०७८

काठमाडौं- वायु प्रदूषणबाट बच्न घरेलु खानपानको बारेमा धेरैलाई थाहा नहुन सक्छ, तर पोषण विशेषज्ञका अनुसार विभिन्न किसिमका घरेलु खानपानबाट पनि हामी आफूलाई वायु प्रदूषणबाट हुने जोखिम कम गर्न सक्छौँ। केराको लस्सी, अमला र स्याउको मिक्स जुस, पुदिना र भुइकटहरको मिक्स जुसजस्ता खानेकुराले वायु प्रदूषणबाट बच्न सहयोग गर्छन्।

National life

केराको लस्सी : वायु प्रदूषणका कारण शरीरमा पोटासियमको मात्रामा कमी हुन सक्छ। पोटासियमको मात्रामा कमी भए श्वासप्रश्वासमा समस्या हुन सक्छ। यस्तो बेला हामीलाई केराको लस्सी, नरिवलको पानी जस्ता पोटासियमयुक्त खानेकुराले जोखिम कम गर्न सहयोग गर्छन्। नरिवलको पानीले फोक्सोमा शीतलता प्रदान गर्ने भएकाले राम्रो मानिन्छ। 

अमला र स्याउको मिक्स जुस : अमला र स्याउको मिक्स जुसको सेवनले फोक्सोलाई तन्दुरुस्त बनाउन सहयोग गर्छ। स्याउ र अमलामा पाइने तत्वले श्वासप्रश्वासका बेला स्याँस्याँ हुने क्रम कम गर्न निकै सहयोग पुर्‍याउँछ। अमलामा भिटामिन 'सी' पाइने हुनाले पर्यावरणीय विषाक्त पदार्थबाट हुने विभिन्न किसिमका समस्याबाट टाढा राख्न सहयोग गर्ने वैज्ञानिक अध्ययनले देखाएको छ।

पुदिना र भुइकटहरको रस : धेरैलाई मन पर्ने फल हो भुइकटहर। स्वादमा जति मिठो हुन्छ भुइकटहर, स्वास्थ्यको लागि पनि त्यति नै लाभदायी हुन्छ। भुइकटहरको रसमा ब्रोमेलन एन्जाईम पाइने भएकाले फोक्सोमा हानी पुर्‍याउने जीवाणुलाई सक्रिय हुनबाट जोगाउछ। भुइकटहर जस्तै पुदिनामा पनि एन्टीहिस्टामाईन पाइने भएकाले नाक बन्द हुनेलगायतका समस्या कम गर्दछ।

प्रकाशित: Nov 11, 2021| 06:18 बिहीबार, कात्तिक २५, २०७८
प्रतिक्रिया दिनुहोस्