शनिबार, चैत ७, २०८२

२०८० सम्ममा नयाँ पाठ्यक्रम लागू गर्ने सरकारको तयारी

पाठ्यक्रम विकास केन्द्रले आगामी शैक्षिक सत्रबाट सुरू गर्न लागेको कक्षा ४, ७ र ९ को नयाँ पाठ्यक्रम अनुसारको पाठ्यपुस्तक लेखनको काम अन्तिम चरणमा पुगेको जनाएको छ।
 |  बुधबार, कात्तिक २४, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २४, २०७८

काठमाडौं- पाठ्यक्रम विकास केन्द्रले आगामी शैक्षिक सत्रबाट सुरू गर्न लागेको कक्षा ४, ७ र ९ को नयाँ पाठ्यक्रम अनुसारको पाठ्यपुस्तक लेखनको काम अन्तिम चरणमा पुगेको जनाएको छ।

National life

केन्द्रले तयार गरेको पाठ्यक्रम अनुसार पुस्तक प्रकाशनका लागि जनक शिक्षा सामाग्री केन्द्रलाई सफ्ट कपी उपलब्ध गराउने र केन्द्रले नयाँ शैक्षिक सत्र अगावै नै पाठ्यपुस्तक छपाई गरेर विक्रि वितरण गरेसँगै विद्यार्थीले नयाँ पाठ्यपुस्तक पाउने जनाएको हो।

केन्द्रले शिक्षक, विद्यार्थी र सरोकारवालाबाट लिइएको पृष्ठपोषण र अनलाइनबाट आएको पृष्ठपोषणलाई कार्यदलले छलफल गरेर प्रविष्ट गरेर नयाँ पाठ्यपुस्तक तयार गरेको जनाएको छ।

केन्द्रका सूचना अधिकारी गणेशप्रसाद भट्टराईका अनुसार कार्यदलले आएका सुझावलाई समेटेर पाठ्यक्रममा केही सुधार पनि गर्दै लगेको बताए। उनले भने, ‘परीक्षणका लागि पठाइएका विद्यालयबाट आएको पृष्ठपोषण, सरोकारवालाको सुझाव र स्थलगत रूपमा लिइएको सुझावका आधारमा परिमार्जन गरी पाठ्यपुस्तकको अन्तिम रूप दिएका छौँ। २०८० साल सम्ममा कक्षा ५ र १० मा पनि नयाँ पाठ्यक्रम लागू गरिसक्छौँ।’

केन्द्रले २०८० को शैक्षिक सत्र सुरू हुने वेलासम्ममा विद्यालय तहका सबै कक्षामा नयाँ पाठ्यक्रम लागू गर्ने गरी तयारी थालेको छ भने कक्षा ४, ७ र ९ मा नयाँ पाठ्यक्रम परीक्षणका लागि देशै भरका विभिन्न २८ विद्यालयमा यस अघि नै पठाइसकेको छ।

Laxmi sunrise bank
kumari

राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ अनुरूप २०८० सम्ममा सबै कक्षामा नयाँ पाठ्यक्रम लागू गर्ने उल्लेख छ। जसअनुसार १ ,६, ८ र ११ मा गत वर्ष देखि नै नयाँ पाठ्यक्रम लागू गर्न सुरू गरिसकेको छ।

यस्तै यस शैक्षिक सत्र देखि कक्षा २, ३, र १२ मा नयाँ पाठ्यक्रम लागू गरिएको छ। केन्द्रले २०७९ सालमा कक्षा ४, ७ र ९ मा लागू गर्ने र २०८० सम्ममा सबै कक्षामा नयाँ पाठ्यक्रम लागू गर्ने केन्द्रले जनाएको छ।

प्रकाशित: Nov 10, 2021| 14:13 बुधबार, कात्तिक २४, २०७८
प्रतिक्रिया दिनुहोस्