शनिबार, चैत ७, २०८२

नेपाल शिक्षक महासंघको आन्दोलन स्थगित, सरकारसँग द्विपक्षीय वार्ता हुने

नेपाल शिक्षक महासंघले जारी आन्दोलन स्थगित गरेको छ। सरकारले औपचारिक रूपमा वार्ताका लागि बोलाएसँगै महासंघले कात्तिक २८ गतेदेखि गर्ने भनिएका पूर्व नियोजित आन्दोलनका कार्यक्रम स्थगित गरेको हो।
 |  बुधबार, कात्तिक २४, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २४, २०७८

 काठमाडौं- नेपाल शिक्षक महासंघले जारी आन्दोलन स्थगित गरेको छ। सरकारले औपचारिक रूपमा वार्ताका लागि बोलाएसँगै महासंघले कात्तिक २८ गतेदेखि गर्ने भनिएका पूर्व नियोजित आन्दोलनका कार्यक्रम स्थगित गरेको हो।

National life

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट शिक्षा मन्त्रीले नै वार्ता टोलीको नेतृत्व गर्ने छन्। शिक्षक कर्मचारीका समस्या समाधान गर्न मन्त्रालयले नौ सदस्सीय वार्ता टोली गठन गरेको छ। टोलीले संवादको माध्यमबाट समस्या समाधान गर्ने जनाएपछि महासंघले आन्दोलन कार्यक्रम स्थगित गरेको हो।

महासंघको मंगलबार बसेको राष्ट्रिय समितिको विस्तारित बैठकले तत्काल काठमाडौं केन्द्रित सडक आन्दोलन स्थगित गरी वार्तामार्फत शिक्षक–कर्मचारीका समस्या समाधान गर्ने निर्णय गरेको थियो।

महासंघले पूर्व ३० बुँदे सहमति एवं २०७८ वैशाख २० गतेअघि सारिएको ३४ सूत्रीय मागपत्रमा उठाइएका मागमुद्दा सम्बोधनको विश्वसनीय आधार निर्माणकालागि मन्त्रालय वार्ताको टेबलमा प्रस्ट खाका र योजनासहित आउन अनिवार्य भएको विज्ञप्तिमा उल्लेख गरेको छ।

सरोकारवाला अन्य मन्त्रालयको समेत प्रतिनिधित्व सुनिश्चित गरी हरेक बुँदामा आवश्यक तयारी, छलफल, बहस तथा सहमति गर्दै सबै समस्या निरूपण गर्न केही समय लाग्ने भएकाले २०७८ मंसिर मसान्तसम्म निरन्तर वार्ता तथा संवादमा रहने गरी महासंघले तालिका निर्धारण गरेको छ।

Laxmi sunrise bank
kumari

महासंघले स्थायी, करार, अस्थायी, राहत, साबिक उमावि, बाल विकासलगायत सबै खाले शिक्षक एव| विद्यालय कर्मचारीका मूलभूत समस्याको एकमुष्ट र अग्रगामी सामाधानकालागि प्रतिबद्ध भई वार्तामा अग्रसर भएको जनाएको छ।

यसका साथै महासंघले विज्ञप्तिमा वार्ता चलिरहँदा अत्यन्त चनाखो रही आन्दोलित मानसिकतामा यथावत् रहन तथा नयाँ ऊर्जासहित नयाँ उचाइको आन्दोलनको सुनामी सिर्जना गर्ने प्रतिबद्धताका साथ तयार रहन शिक्षक कर्मचारीलाई अपिल गरेको छ।



प्रकाशित: Nov 10, 2021| 12:45 बुधबार, कात्तिक २४, २०७८
प्रतिक्रिया दिनुहोस्