शनिबार, चैत ७, २०८२

नेपालमा १२ देखि १८ वर्षसम्मका नागरिकलाई फाइजर खोप लगाइँदै

सरकारले आगामी आइतबारदेखि १२ वर्ष उमेरभन्दा माथिका दीर्घ रोगीलाई फाइजर खोप लगाउने भएको छ।
 |  बुधबार, कात्तिक २४, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २४, २०७८

काठमाडौं- सरकारले आगामी आइतबारदेखि १२ वर्ष उमेरभन्दा माथिका दीर्घ रोगीलाई फाइजर खोप लगाउने भएको छ। अमेरिकाबाट कोभ्याक्स सुविधामार्फत आएको एक लाख डोज खोप कार्तिक २८ देखि लगाउन लागिएको परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखाले जनाएको छ।

National life

खोप शाखाका अनुसार देशभरका २४ विशेषज्ञ सेवा उपलब्ध भएका ठूला अस्पतालबाट खोप दिने कार्यक्रम तय गरिएको हो। 

खोप शाखाका अनुसार १८ वर्षमाथिका दीर्घ रोगी धेरैले यसअघि खोप लगाइसकेका छन्। अब १२ देखि १८ वर्ष उमेरका बालबालिकालाई खोप दिन लागिएको छ। १२ वर्षमाथिका लामो समयदेखि मुटुका बिरामी भई अप्रेसन गरेका वा औषधि प्रयोग गरिरहेका व्यक्ति, मिर्गौलाको समस्या भई डायलिसिस गराइरहेका, क्यान्सरको पहिचान भई अप्रेसन गरेका तथा उपचारमा रहेका बिरामी लगायतका बिरामीलाई खोप दिइनेछ। 

मंसिर ४ गतेसम्म यी समूहलाई खोप लगाइसकेपछि खोप बचत भएको अवस्थामा १२ देखि १८ वर्षका अन्य बालबालिकालाई पनि खोप लगाइने कार्यक्रम रहेको छ। काठमाडौं उपत्यकाभित्रका ८ र बाहिर १६ गरी २४ वटा अस्पतालमा खोप केन्द्र तय गरिएको  छ। 

खोप केन्द्रहरूमा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, निजामती सेवा अस्पताल, सहिद गंगालाल हृदय केन्द्र, भक्तपुर क्यान्सर अस्पताल, पाटन अस्पताल, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, वीरेन्द्र सैनिक अस्पताल रहेका छन्।

Laxmi sunrise bank
kumari

त्यस्तै उपत्यका बाहिर मेची अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनकपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रादेशिक अस्पताल, भेरी अस्पताल, डडेल्धुरा अस्पताल, कोसी अस्पताल, गजेन्द्र नारायण सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी अस्पताल, धुलिखेल अस्पताल, धवलागिरि अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली प्रादेशिक अस्पताल र सेती अस्पताल रहेका छन्।

प्रकाशित: Nov 10, 2021| 11:47 बुधबार, कात्तिक २४, २०७८
प्रतिक्रिया दिनुहोस्