काठमाडौं– नेपालमा थप ५ सय ३३ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा अहिलेसम्म कोभिड–१९ बाट संक्रमित हुनेको संख्या ९ लाख १० हजार २ सय ९८ पुगेको छ।
पछिल्लो २४ घण्टामा ४ सय ८४ जना कोभिड–१९ संक्रमणमुक्त भएका छन्। मंगलबारसम्म कोभिड–१९ संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ९६ हजार ३ सय ६ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा कोभिड–१९ संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ। नेपालमा कोभिड–१९ का कारण ज्यान गुमाउनेको संख्या ११ हजार ४ सय ५४ पुगेको छ। हाल ७ हजार ६ सय १२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांक छ।