शनिबार, चैत ७, २०८२

स्थायी शिक्षकको विज्ञापन मंसिरमा खुलाउने तयारी

शिक्षक सेवा आयोगले स्थायी शिक्षकको विज्ञापन मंसिरमा खुलाउने तयारी गरेको छ। यसका लागि सम्बन्धित पदाधिकारीसँग छलफल भइरहेको आयोगले जनाएको छ।
 |  मंगलबार, कात्तिक २३, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २३, २०७८

काठमाडौं – शिक्षक सेवा आयोगले स्थायी शिक्षकको विज्ञापन मंसिरमा खुलाउने तयारी गरेको छ। यसका लागि सम्बन्धित पदाधिकारीसँग छलफल भइरहेको आयोगले जनाएको छ। 

National life

लामो समयदेखि खुल्ने तयारी भए पनि नियमावली संशोधन र अन्य प्राविधिक समस्या देखाउँदै खुल्न नसकेको विज्ञापन आयोगले मंसिरमा खुलाउने गरी तयारी थालेको हो।

अहिले आयोगले वार्षिक कार्यतालिका बनाइरहेको छ। सोहीअनुसार खुलातर्फको स्थायी शिक्षकको विज्ञापन गर्ने आयोगका सूचना अधिकारी सुदर्शन मरहट्टाले जानकारी दिए। उनले भने, ‘यो महिनामा वार्षिक कार्यतालिका बनाइसक्छौं र मंसिरमा खुला विज्ञापन हुन्छ। बढुवातर्फको  विज्ञापनका लागि भने नियमावली संशोधन गर्नुपर्ने भएकाले ढिलाइ हुन सक्छ।’

प्राथमिक तहमा १३ हजार ८५, निमावि तहमा २ हजार ५ सय ९४ र मावि तहमा १ हजार ५ सय ४४ शिक्षक दरबन्दी रिक्त छ। 

यसअघि शिक्षामन्त्री देवेन्द्र पौडेल र आयोगका पदाधिकारीबीच विज्ञापन खोल्ने विषयमा छलफल भएको थियो। आयोगलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका सामुदायिक विद्यालयमा १७ हजार २२३ जना शिक्षकको दरबन्दी रिक्त रहेको विवरण पठाइसकेको छ।

प्राथमिक तहमा १३ हजार ८५, निमावि तहमा २ हजार ५ सय ९४ र मावि तहमा १ हजार ५ सय ४४ शिक्षक दरबन्दी रिक्त छ। निमाविको दरबन्दीमध्ये विषयगत रुपमा नेपालीमा ४ सय ३६, अंग्रेजीमा ६ सय २२, सामाजिक ३ सय ५३, गणित ३ सय ७०, विज्ञान ४ सय ४०, संस्कृत व्याकरण २, शुक्ल यजुर्वेद १, संस्कृत भाषा ३, संस्कृत कर्मकाण्ड १, संस्कृत साहित्यमा २ जना दरबन्दी रिक्त छ।

Laxmi sunrise bank
kumari

यस्तै बढुवाबाट पदपूर्तिका लागि ३ हजार ३ सय ९० जना गरी कुल २० हजार ६ सय १३ शिक्षकको रिक्त दरबन्दी रहेको आयोगको तथ्यांक छ।

सामुदायिक विद्यालयका शिक्षकको पदपूर्ति र अध्ययन अनुमतिपत्रका विषयमा देखिएका प्रक्रियागत बाधा हटाउन नियमावली संशोधनसँगै स्थायी शिक्षकको आन्तरिक विज्ञापनको प्रक्रिया पनि अघि बढ्छ ।

नियमावली संशोधन नहुँदा शिक्षक छनोटका लागि खुला विज्ञापन, आन्तरिक बढुवा र शिक्षण अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षालगायत काम रोकिएका छन्।


प्रकाशित: Nov 09, 2021| 15:30 मंगलबार, कात्तिक २३, २०७८
प्रतिक्रिया दिनुहोस्