आइतबार, वैशाख २०, २०८३

वीरगन्जमा छठको तयारी पूरा [१० तस्बिर]

वीरगन्जमा छठ पर्वको तयारी पूरा भएको छ।
 |  मंगलबार, कात्तिक २३, २०७८

जियालाल साह

जियालाल साह

मंगलबार, कात्तिक २३, २०७८

पर्सा– वीरगन्जमा छठ पर्वको तयारी पूरा भएको छ। तराई मधेसमा विशेष रुपमा मनाइने छठ पर्वका लागि नदी, पोखरी, ताल र स्विमिङ पोखरी झकिझकाउ बनाइएको छ। वीरगन्जको घडिअर्वा, मुर्ली, रानीघाट, स्विमिङपुल, छपकैया, नगवा आदि जलाशय रंगीचंगी पारिएको छ। बजारमा किनमेल गर्नेको भीड लागेको छ भने परिवारबाट टाढा रहेका पनि घर फर्कन थालेका छन्।

National life

सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धि र चर्मरोग निको हुने जनविश्वासअनुरुप पारस्परिक आत्मीयता र सद्भावको प्रतीकको रुपमा यो पर्व मनाइन्छ।

यस पर्वमा धनी, गरिब, उचनिचको भेदभावलाई छाडेर सबै वर्ग, समुदाय एउटै सांस्कृतिक पृष्ठभूमिमा पूजाअर्चनामा सहभागी हुन्छन्। चमार जातिले ढोल बजाउने, मालीले फूल, बरईले पानको पात, कुम्हारले माटोको भाँडा, डोमले बाँसका सामग्री तयार पार्ने यस वर्षका विशेषता हुन्। 

कार्तिक शुक्ल पञ्चमीका दिनमा आज छठका व्रतालु निर्जल उपवास बसी ‘खरना’ को विधि पूरा गर्दैछन्। निर्जल उपवास बसेका व्रतालुले बेलुकी घरमा खीर बनाई चन्द्रमालाई अर्पण गरी एक छाक खान्छन्। यसलाई खरना भनिन्छ। 


 



 


 


 


 


 


साँझमा देखिएको घडिअर्वा पोखरी।


 

प्रकाशित: Nov 09, 2021| 19:00 मंगलबार, कात्तिक २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।