आइतबार, जेठ १७, २०८३

विराटनगर कारागारमा कैदीबन्दीबीच झडप

विराटनगर कारागारमा कैदीबन्दीबीच झडप भएको छ। मंगलबार १० बजे कारागारभित्र कैदीबन्दीबीच झडप भएको हो।
 |  मंगलबार, कात्तिक २३, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २३, २०७८
National life
Shivam cement

विराटनगर– विराटनगर कारागारमा कैदीबन्दीबीच झडप भएको छ। मंगलबार १० बजे कारागारभित्र कैदीबन्दीबीच झडप भएको हो। झडपमा चौकीदार किरण गुरुङसहित ६ जना घाइते भएका छन्। घाइते हुनेमा गुरुङ, शेखर राई, निर्मल ढकाल, विशाल मुक्तान, डिल्ली देवान र सूर्यदीप गुप्ता छन्।

घाइतेलाई सामान्य चोटपटक लागेकाले उपचारका लागि कोसी अस्पताल पठाएको कारागार प्रशासनले जनाएको छ। चौकीदार गुरुङको निर्देशनमा नाइके र भाइ नाइकेले यातना दिएको भन्दै  कैदीबन्दी आन्दोलित भएका हुन्। आन्दोलित कैदीबन्दीले गुरुङसहित १४ जना नाइके र भाइ नाइकेलाई एउटा कोठामा थुनिदिएका थिए। 

एउटा कोठामा थुनेर राखिएका कैदीबन्दीलाई प्रहरीले कारागारबाट बाहिर निकालेर राखेको छ। उनीहरुलाई बाहिर निकालिएपछि कारागारभित्रको तनाव अहिले केही मत्थर भएको छ। कैदीबन्दीको सुरक्षा र कारागारमा उत्पन्न तनाव अन्त्यका लागि १४ जनालाई नै अरू कारागारमा स्थानान्तरणको तयारी भइरहेको निमित्त जेलर रामप्रसाद पोखरेलले बताए।
कारागारभित्र मुढा बनाउने बाँसका भाटा लगायतको प्रयोग भएको पाइएको छ। घाइतेको कोसी अस्पताल विराटनगरमा उपचार भईरहेको  पोखरेलले बताए। 

प्रकाशित: Nov 09, 2021| 13:41 मंगलबार, कात्तिक २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।