शनिबार, चैत ७, २०८२

एक करोड कोरोना खोप खरिद गर्ने सरकारको निर्णय

सरकारले एक करोड डोज कोरोना खोप खरिद गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १२ वर्षदेखि माथिका व्यक्तिलाई लगाउन मिल्ने एक करोड खोप खरिद गर्ने निर्णय गरेको हो।
 |  मंगलबार, कात्तिक २३, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २३, २०७८

काठमाडौं- सरकारले एक करोड डोज कोरोना खोप खरिद गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १२ वर्षदेखि माथिका व्यक्तिलाई लगाउन मिल्ने एक करोड खोप खरिद गर्ने निर्णय गरेको हो।

National life

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले एक करोड खोप खरिदका लागि यसअघि नै सुनिश्चित भइसकेको बताएका छन्। उनले खोप खरिदका लागि मन्त्रिपरिषदबाट पास गर्नुपर्ने भएकाले मन्त्रिपरिषद् बैठकले खोप खरिद गर्ने निर्णय गरेको बताएका हुन्।

स्वास्थ्यमन्त्री खतिवडाका अनुसार सरकारले ६० लाख फाइजर खोप र ४० लाख मोर्डना खोप खरिदका लागि मन्त्रिपरिषद्‍बाट निर्णय गरेको छ। 

सरकारले खोप खरिदका लागि रकमसमेत भुक्तानी गरिसकेको उनले बताए।

प्रकाशित: Nov 09, 2021| 10:12 मंगलबार, कात्तिक २३, २०७८
प्रतिक्रिया दिनुहोस्