शनिबार, चैत ७, २०८२

शिक्षक अस्पताल निर्माण प्रक्रिया सुरु

सरकारले शिक्षकका लागि भिन्नै अस्पताल निर्माण प्रक्रिया अघि बढाएको छ।
 |  मंगलबार, कात्तिक २३, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २३, २०७८

काठमाडौं– सरकारले शिक्षकका लागि भिन्नै अस्पताल निर्माण प्रक्रिया अघि बढाएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै अस्पताल निर्माण गर्ने ठाउँ खोज्न समिति गठन गरेका हुन्। समिति गठनसँग शिक्षकले विगत लामो समयदेखि उठाउँदै आएको अस्पताल निर्माणको माग पूरा हुने भएको छ।

National life

मन्त्रालयका सचिव रामप्रसाद थपलियाका अनुसार शिक्षक अस्पताल बनाउनका लागि जग्गा व्यवस्थापन गर्न विमल चालिसेको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ। समितिमा शिक्षक तथा मन्त्रालयका कर्मचारी छन्। समितिलाई दुई महिनाभित्र जग्गा खोज्न समय दिइएको छ।

‘शिक्षक अस्पतालका लागि दुई महिनाको समय अवधि दिइएको छ,’ थपलियाले भने, ‘उपयुक्त जग्गा व्यवस्थापन हुनेबित्तिकै काम सुरु हुन्छ ।’ समितिले देशका मुख्य सहरमा जग्गा हेर्न र त्यसको विवरण मन्त्रालयलाई बुझाउने भएको छ। थपलियाका अनुसार काठमाडौं, चितवनलगायतका सहरमा जग्गा खोजिने बताए। 

अर्थमन्त्री जनार्दन शर्माले भदौ २५ गते संसदमा पेस गरेकाे बजेटको प्रतिस्थापन विधेयकमा शिक्षकले लामो समयदेखि माग गर्दै आएको शिक्षक अस्पताल खोल्ने विषयमा सरकारले अध्ययन अघि बढाउने उल्लेख छ। विधेयकमा उल्लेख छ, शिक्षकहरूको स्वास्थ्य उपचारको लागि छुट्टै अस्पताल निर्माण गर्न अध्ययन गरिनेछ।' शिक्षक अस्पताल बनेपछि देशभरका करिब तीन लाख शिक्षक लाभान्वित हुनेछन्। 

प्रकाशित: Nov 09, 2021| 09:25 मंगलबार, कात्तिक २३, २०७८
प्रतिक्रिया दिनुहोस्