शनिबार, चैत ७, २०८२

काठमाडौंका १९ औषधि पसल निलम्बित

औषधि व्यवस्था विभागले १९ ओटा औषधि पसललाई निलम्बन गरेको छ। मापदण्ड विपरीत रहेका काठमाडौंका १९ ओटा औषधि पसललाई विभागले असोज महिनामा निलम्बन गरेको हो।
 |  मंगलबार, कात्तिक २३, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २३, २०७८

काठमाडौं- औषधि व्यवस्था विभागले १९ ओटा औषधि पसललाई निलम्बन गरेको छ। मापदण्ड विपरीत रहेका काठमाडौंका १९ ओटा औषधि पसललाई विभागले असोज महिनामा निलम्बन गरेको हो।

National life

विभागले औषधि ऐन २०३५ को दफा २० को उपदफा ४(क) बमोजिम ती पसलहरूलाई ४ देखि १५ दिनसम्म निलम्बन गरेको जनाएको छ।

निलम्बनमा पर्नेमा गान्धी मनोहरा कम्युनिटी हेल्थ सेन्टर, नन्दकृष्ण फार्मेसी, मेड स्टार सेन्टर प्रालि, मिली मेडिकल हल एण्ड डाईग्नोष्टिक सेन्टर, लुक्सी भेट फर्मा, निकम मेडिकल हल, मेडिगोल्ड फार्मेसी रहेका छन्।

त्यसैगरी, एटोर्मा फार्मेसि, झोराली फार्मेसी, टोखा इमर्जेन्सी मेडिकल हल, विरसना गोर्खाली मेडिकल हल, सपनातिर्थ फार्मेसी, प्राकृतिक वाईपास फार्मेसी, कालिका फार्मेसी, सार्थक फार्मेसी, सुवेदी फार्मेसी, अनमोल फार्मेसी, सिद्धी फार्मेसी र खरिपाटी फार्मेसी छन्।

ऐनको दफा २० को उपदफा २०(क) मा निरीक्षकले विश्लेषण वा परीक्षण गर्दा कुनै औषधि जनसुरक्षित, असरयुक्त र गुणयुक्त भएको पाइए पनि त्यस्तो औषधि उत्पादन, बिक्री वितरण, सञ्चय, परिवहन वा निकासी पैठारी गर्ने व्यक्तिले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको बर्खिलाप हुने कुनै कारबाही गरेको ठहरिएमा व्यवस्थापकले त्यस्तो औषधि जफत गरी औषधि उत्पादन, बिक्री वितरण, सञ्चय, परिवहन वा निकासी पैठारीमा नियन्त्रण गर्न वा त्यस्तो व्यक्तिको अनुज्ञापत्र वा प्रमाणपत्र वा सिफारिसपत्र छ महिनासम्मको लागि निलम्बन गर्न सक्ने व्यवस्था छ।

Laxmi sunrise bank
kumari

औषधि विक्रेता तथा वितरकले आफ्नो नाम र पसल वा फार्मेसी औषधि व्यवस्था विभागमा दर्ता गराएर मात्र सञ्चालन गर्नुपर्ने प्रावधान भए पनि सरकारलाई छलेर दर्ताविनै सञ्चालन गरिएको पाइएकाले कारबाही गरिएको विभागले जनाएको छ।

अवैध रूपमा सञ्चालन भइरहेका यस्ता फार्मेसीले म्याद गुज्रिएकादेखि शरीरमा गम्भीर असर पार्ने औषधिसमेत खुलेआम विक्री गर्दै आएको विभागको जनाएको छ।


प्रकाशित: Nov 09, 2021| 08:40 मंगलबार, कात्तिक २३, २०७८
प्रतिक्रिया दिनुहोस्