शनिबार, चैत ७, २०८२

कुर्सीमै बसेर गर्न सकिने चार योगासन

शरीरमा अधिक बोसो वा मोटो पन स्वास्थ्यका लागि राम्रो मानिँदैन। त्यसका लागि छुटकारा पाउन नियमित योगासन गर्नुपर्छ। नियमित योगासन गर्न शारीरिक सास्तीबाट राहत पाउन सकिन्छ।
 |  मंगलबार, कात्तिक २३, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २३, २०७८

काठमाडौं- शरीरमा अधिक बोसो वा मोटो पन स्वास्थ्यका लागि राम्रो मानिँदैन। त्यसका लागि छुटकारा पाउन नियमित योगासन गर्नुपर्छ। नियमित योगासन गर्न शारीरिक सास्तीबाट राहत  पाउन सकिन्छ।

National life

शरीरमा रहेको बोसोलाई पनि योगाको माध्यमबाट घटाउन सकिन्छ। धेरै मानिसले योगा गर्नका लागि समयनै नभएको गुनासो गरिरहेका हुन्छन्। तर, इच्छशक्ती भए योगा गर्नका लागि समय नै चाहिँदैन। केही यस्ता योगासन छन् जो बसेर नै गर्न सकिन्छन्।

चेयर बितिलासन

यस आसनलाई मार्जरी आसन पनि भनिन्छ। यो आसन गर्नका लागि सबै भन्दा पहिले कुर्सीमा बस्नुपर्छ। 

त्यसपछि ढाडको हड्डीलाई सिधा पार्नुपर्छ। र, दुवै खुट्टालाई भूइँमा राख्नुपर्छ। त्यसपछि दुवै  हातलाई घुँडामा राख्नुपर्छ। र, लामो श्वास लिने फाल्ने  गर्नुपर्छ।

Laxmi sunrise bank
kumari

त्यसपछि काँधलाई पछाडि लग्दै बिस्तारै श्वासलाई छोड्नुपर्छ। यसका साथै ढाडको हड्डीलाई पिठ्युँतर्फ लगेर मोड्नुपर्छ। यस्तो कम्तीमा पाँच पटकसम्म गर्नुपर्छ।

गरुडासन

गरुडासनलाई इगल जेयर पनि भनिन्छ। यो आसन गर्नका लागि सबै भन्दा पहिला कुर्सीमा आरामसँग बस्नुपर्छ। त्यसपछि बायाँ खुट्टालाई दायाँ खुट्टासँग क्रस गरेर इगल पोज बनाउनुपर्छ।

तान्डासनको मुन्दामा उभिएर घुँडा मोड्नुपर्छ। त्यसपछि बायाँ खुट्टालाई उठाएर दाहिने खुट्टामाथि घुमाउनुपर्छ।

यसैगरी हातलाई  पनि लपेट्नुपर्छ। यसका लागि बायाँ हातलाई कुहिनोतर्फ दाहिने पट्टी क्रस गर्नुपर्छ। त्यसपछि कुहिनोलाई मोड्दै मुठ्ठी पार्नुपर्छ। श्वास रोकेर केही बेर यही अवस्थामा बस्नुपर्छ। केही समयपछि पुरानै अवस्थामा आउनुपर्छ।

ऊर्ध्व हस्तासन

यो आसन गर्नका लागि कुर्सीमा सिधा बस्नुपर्छ। श्वासलाई भित्र लिनुपर्छ।  त्यसपछि दुवै हातलाई माथि लग्नुपर्छ। केही बेर यही पोजिसनमा बसेर श्वास छोड्दै हातलाई तल ल्याउनुपर्छ। यस योगासनलाई १५ पटक गर्नुपर्छ।

अर्ध मत्स्येन्द्रासन

यस आसनलाई गर्नका लागि कुर्सीको एक साइडमा बस्नुपर्छ। कुर्सीको पछाडि अडेस लाग्ने भागलाई समातेर आफ्नो टाउकोलाई बायाँतर्फ घुमाउनुपर्छ।

ब्याक बोनलाई स्ट्रेच गर्ने प्रयास गर्नुपर्छ। श्वास छोड्दै ढाडको हड्डीलाई मोड्नुपर्छ। यस योगासनको प्रयोग पाँच पटक गर्नुपर्छ। त्यसपछि सामान्य अवस्थामा आउनुपर्छ। यो आसनलाई दुवै हातको तर्फ दोहर्‍याउनुपर्छ।

प्रकाशित: Nov 09, 2021| 08:20 मंगलबार, कात्तिक २३, २०७८
प्रतिक्रिया दिनुहोस्