बिहीबार, मंसिर २५, २०८२

गौरीघाटमा छठको उल्लास [फोटो फिचर]

दीपावली पर्व समापनसँगै छठ पर्वको रौनक सुरू हुन्छ। छठ पर्व चार दिनसम्म विभिन्न विधि गर्दै मनाइन्छ। यस वर्ष कात्तिक २१ गते आइतबारबाट सुरू भएको छ।
 |  मंगलबार, कात्तिक २३, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

मंगलबार, कात्तिक २३, २०७८

काठमाडौं- दीपावली पर्व समापनसँगै छठ पर्वको रौनक सुरू हुन्छ। छठ पर्व चार दिनसम्म विभिन्न विधि गर्दै मनाइन्छ। यस वर्ष कात्तिक २१ गते आइतबारबाट सुरू भएको छ।

National life

लोक आस्थाको महापर्व छठको तेस्रो दिन मंगलबार बर्तालु ‘खरना’ विधिको तयारीमा छन्। पर्वको पहिलो दिन कात्तिक शुक्ल तृतीयामा ‘अरबा-अरबाइन’ र चौथीका दिन हिजो सोमबार ‘नहाय-खाय’ सम्पन्न गरेका बर्तालु आज पञ्चमी तिथिका दिन ‘खरना’ को तयारीमा लागेका हुन्। 

आज बिहान स्नान गरी दिनभरि निराहार उपवास (व्रत) बसेर राति सख्खरमा पकाइएको खिर कूल देवता र छठीदेवीलाई चढाई बर्तालुले त्यही खिर खाने गर्दछन्। यो विधिलाई ‘खरना’ भनिएको हो।

श्रद्धा, निष्ठा र आत्म शुद्धिलाई निकै ख्याल गरिने छठपर्वको ‘खरना’का दिन दिनभर उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सख्खर, दूध र चामलको खिर पकाउने र त्यसलाई केराको पातमा राखेर छठी मातालाई चढाएर मात्र बर्तालु र परिवारका अन्य सदस्यले प्रसादका रूपमा खाने गर्छन्। आज दिनभर उपवास गर्ने बर्तालुले सूर्यास्तपछि चन्द्रदर्शन गरेर यो विधि सम्पन्न गर्दैछन्।

पर्वको चौथो दिन भोलि बुधबार अर्थात् कात्तिक शुक्ल षष्ठी तिथिमा सूर्य उपासनाको निराहार व्रत बसेका बर्तालुले जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ दिनेछन्। यसलाई मिथिलामा ‘सझुका अरख’ वा ‘सझियाघाट’ भन्ने गरिएको छ। 

Laxmi sunrise bank
kumari

त्यसैगरी सप्तमीका दिन बिहान बर्तालुले उदाउँदो सूर्यलाई दोस्रो अर्घ दिएर पर्व समापन गर्ने प्रचलन छ । उदाउँदो सूर्यलाई दिइने अर्घलाई ‘भोरका अरख’ भनिन्छ।

विशेष गरी तराईमा जिल्लाहरूमा मनाइने यो पर्व पछिल्लो समय काठमाडौं उपत्यका समेत मनाउन थालिएको छ।

यसै अवसर पारेर गौरीघाटमा छठी माताको पूजाका लागि छठ घाट निर्माण गरिएको छ। त्यहाँ पुगेर श्रद्धालु भक्तजनहरूले पूजाआजा गर्ने गरेका छन्।


 


प्रकाशित: Nov 09, 2021| 07:35 मंगलबार, कात्तिक २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।