बुधबार, जेठ २०, २०८३

रड प्रहार गरी व्यापारीको हत्या, युवक पक्राउ

घोडाघोडी नगरपालिका–४, जनकपुर बस्ने ५५ वर्षीय पदम आचार्यको हत्या गरेको आरोपमा दैलेखको गुराँस गाउँपालिका–३, खिमडीका १८ वर्षीय जीवन शाही ठकुरी पक्राउ परेका हुन्।
 |  सोमबार, कात्तिक २२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २२, २०७८

धनगढी- कैलालीमा व्यापारीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्। घोडाघोडी नगरपालिका–४, जनकपुर बस्ने ५५ वर्षीय पदम आचार्यको हत्या गरेको आरोपमा दैलेखको गुराँस गाउँपालिका–३, खिमडीका १८ वर्षीय जीवन शाही ठकुरी पक्राउ परेका हुन्।  

National life

कैलालीको मोहन्याल गाउँपालिका–४, सिम्लीखोला नजिकै पसल सञ्चालन गर्दै आएका आचार्यलाई ठकुरीले आइतबार दिउँसो हत्या गरेको आशंकामा पक्राउ गरिएको कैलाली प्रहरीले जानकारी दिएको छ। 

हत्या आरोपी ठकुरीलाई बाँके प्रहरीको सहयोगमा नेपालगञ्जबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए।  

टिपरमा खलासी काम गर्दै आएका ठकुरीले सामान्य विवादका कारण रड प्रहार गरी आचार्यको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरी नायव उपरीक्षक विष्टको भनाइ छ। 

ठकुरीलाई पक्राउ गरी ज्यानसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको उनले बताए।

Shivam cement

प्रकाशित: Nov 08, 2021| 17:24 सोमबार, कात्तिक २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।