आइतबार, जेठ १७, २०८३

अदालतले संविधान फेर्न खोजेको ओलीको आरोप

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतले संविधान फेर्ने काम गरेको आरोप लगाएका छन्।
 |  सोमबार, कात्तिक २२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २२, २०७८

विराटनगर– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतले संविधान फेर्ने काम गरेको आरोप लगाएका छन्। अदालतले संविधानको व्याख्या मात्रै गर्ने भए पनि संविधान नै फेर्ने काम गरेको उनको आरोप छ। अध्यक्ष ओलीले भने, ‘ अदालतको काम संविधान फेर्ने हैन, व्याख्या गर्ने हो।’ 

National life

एमाले मोरङले सोमबार विराटनगरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा अध्यक्ष ओलीले संविधानले राष्ट्रपतिलाई दिएको अधिकार खोसेर सर्वोच्चले आफैं प्रयोग गरेको आरोप लगाए। राष्ट्रपतिको अधिकार खोसेर संसदको ठूलो दलका नेतालाई प्रधानमन्त्रीको उम्मेदवार हुन नपाउने फैसला गर्दै परमादेशको सरकार बनाएको ओेलीले बताए। उनले भने, ‘ प्रत्यक्षमा ८० सिट जित्नेलाई प्रधानमन्त्रीको उम्मेदवार नै हुन नपाउने तमासापूर्ण फैसला सर्वोच्चले गर्यो।’ 

‘अदालत स्वतन्त्र होस् भन्ने हामीले कामना गरे पनि फैसला निष्पक्ष रहेन। मन्त्री, राजदूत बनाइदिने सेटिङ रहेछ, नदेखिएको धेरै कुराहरु अझै खुल्न बाँकी नै छ।’ 

सर्वोच्च अदालतले संविधानभन्दा बाहिर गएर फैसला गरेको उनले बताए। अध्यक्ष ओलीले भने, ‘अदालत स्वतन्त्र होस् भन्ने हामीले कामना गरे पनि फैसला निष्पक्ष रहेन।’ सर्वोच्चको फैसला अलोकतान्त्रिक र असंवैधानिक रहेको उनको आरोप छ। परमादेशको सरकारको सेटिङ खुल्न थालेको पनि उनले बताए। ओलीले भने, ‘मन्त्री, राजदूत बनाइदिने सेटिङ रहेछ, नदेखिएको धेरै कुराहरु अझै खुल्न बाँकी नै छ।’ 

आफू विरुद्धको गठबन्धनलाई सर्वोच्चले मागेभन्दा पनि बढी दिएको उनले बताए। उनले भने, ‘गठबन्धनले दुनामा मागेका थिए, सर्वोच्चले टपरीमा दियो।’ न्यायालयको गरिमा अन्याय सहेर बचाउन नसकिने ओलीले बताए।

स्थानीय तहको निर्वाचनमा एमाले कोसीको भेल जस्तो भएर आउने उनले दाबी गरे। उनले भने, स्थानीय तहको निर्वाचनबाट देशको विकास गर्न नसक्ने प्रवृत्ति भएकाहरुलाई भेलले किनार लगाए जसरी लगाइदिनेछ।’ आगामी निर्वाचनमा एमालेको प्रतिस्पर्धा कांग्रेससँग हुने उनले बताए। अध्यक्ष ओलीले भने, ‘प्रतिस्पर्धा कांग्रेससँग हुन्छ, कांग्रेसका सेवक, ढोके, चम्चेहरुसँगै हैन।’ 

Shivam cement

परमादेशको सरकारलाई आफूले चाहे एक सातामा ढालिदिने पनि उनले दाबी गरे। उनले भने, ‘लुतो लागेकाहरुको रौं सबै झरोस् भनेर मात्र छाडेको।’ ढालेर अपजस लिनुभन्दा १३ महिनापछि हुने निर्वाचनबाट देखाइदिने चुनौती ओलीले दिए। 

उनले भने, ‘एमालेले लगाइदिएको जुँगामा कहिले सम्म ताउ लाएर खान्छन् हेरौं न।’

प्रकाशित: Nov 08, 2021| 16:50 सोमबार, कात्तिक २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।