मंगलबार, कात्तिक ११, २०८२

कांग्रेस कैलालीको सभापतिमा प्रकाश बमको उम्मेदवारी घोषणा

नेपाली कांग्रेस कैलालीका वर्तमान उपसभापति प्रकाश बमले कांग्रेसको आगामी महाधिवेशनमा सभापतिको उम्मेदवारी दिने घोषणा गरेका छन्।
 |  सोमबार, कात्तिक २२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २२, २०७८

धनगढी- नेपाली कांग्रेस कैलालीका वर्तमान उपसभापति प्रकाश बमले कांग्रेसको आगामी महाधिवेशनमा सभापतिको उम्मेदवारी दिने घोषणा गरेका छन्।

Kumaribank

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आगामी मंसिरमा हुने जिल्ला अधिवेशनका लागि बमले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

उपसभापति भएपछि कैलालीमा कांग्रेसको गुटगत राजनीति अन्त्य गरेको बताउँदै उनले संगठन सुदृढिकरण गर्दै पार्टीलाई थप बलियो बनाउन सभापतिमा उम्मेदवारी दिने निर्णय गरेको बताए।

‘हाम्रो मिहेनतका कारण कैलाली कांग्रेसमा गुटगत राजतीति अन्त्य भएको छ,’ बमले भने, ‘म सभापति भएपछि स्थानीय तहदेखि संघीय निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्नेछ। संगठन सुदृढिकरण गर्न पनि मैले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेको हुँ।’ 

लामो समय कांग्रेसका विभिन्न जिम्मेवारी सम्हाल्दै उपसभापतिसमेत बनिसकेको बताउँदै बमले आगामी महाधिवेशनमा सभापति पदमा लड्ने घोषणा गरेका हुन्। उनले सबै कार्यकर्ताको रोजाइमा आफू नै पर्ने दाबी गरे। 

Metro Mart

‘विगत दुई वर्षदेखि मैले सभापतिका लागि तयारी गरेको छु,’ सोमबार पत्रकार सम्मेलन गर्दै उनले भने, ‘त्यस क्रममा सबै पालिका र वडामा म पुगेको छु। सवै क्षेत्रबाट मलाई सहयोग छ।’

आफ्नो उम्मेदवारीमा जिल्लादेखि केन्द्रको सहयोग रहेने विश्वास लिएको उनले बताए। नेपाली कांग्रेस कैलालीको वडा र पालिकास्तरीय अधिवेशनपछि आफ्नो टिम घोषणा गर्ने उनले बताए। 

प्रकाशित: Nov 08, 2021| 12:02 सोमबार, कात्तिक २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।