बिहीबार, चैत १२, २०८२

यस्तो छ स्वीडेनको विश्वकप यात्रा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- सन् १९३४ अर्थात दोस्रो संस्करणको विश्वकपबाट विश्वकप यात्रा शुरु गरेको स्वीडेनले सन् १९५८ को विश्पकपमा फाइनल खेल खेलेको थियो। १२ औं पटक विश्वपमा सहभागीता जनाउदा यो नै अहिले सम्मको सबै भन्दा उत्कृष्ट प्रदर्शन हो। सन् १९५८ को विश्वकपमा स्विडेन ब्राजिलसँग ५-२ को फराकिलो अन्तरले पराजित गरेको थियो। 

त्यस भन्दा अघि स्वीडेन सन् १९३८ र १९५० को विश्वकपमा सेमिफाइनल सम्म पुगेको थियो। १९३८ मा सेमिफाइनलमा हंगेरीसँग ५-१ को फराकिलो अन्तरले पराजित हुँदै फाइनल पुग्न सकेन। तर, तेस्रो स्थानका लागी भएको खेलमा  ब्राजिलसँग ४-२ ले पारजित हुदै चौथो भएको थियो।

सन् १९५० मा पुनः सेमिफाईनल पुगेको स्वीडेन उरुग्वेसँग ३-२ ले पराजित भयो। उता सेमिफाईनलमा ब्राजिलसँग पराजित हुदै स्पेन तेस्रो स्थानका लागी स्वीडेनसँग भिड्यो। तेस्रो स्थानको खेलमा स्वीडेनले स्पेनलाई ३-१ ले पराजित गर्दै तेस्रो भयो। यो विश्पकपमा स्वीडेनको दोस्रो सफलता हो। स्विडेन दुई पटक विश्वकपमा तेस्रो भएको छ। 

सन् १९९४ मा पनि सेमिफाइनल पुगेको स्विडेनकालागी ब्राजिल बाधक बन्यो। सन् १९५८ को विश्वकपमा ट्रफीबाट बन्चित गराएको ब्राजिलले पुनः १९९४ मा सेमिफाईनलमा १-० को झिनो अन्तरले पराजित गर्‍यो। १९९४ पछि दुईवटा मात्र विश्वकप खेलेको स्विडेन शिर्ष १६ बाट बाहिरिएको थियो।
 
तर, रुसमा जारी विश्वकपमा स्विडेन समूह एफ को विजेताका रुपमा शिर्ष १६ मा पुगेको छ। दक्षिण कोरियालाई १-० ले हराउँदै विश्वकपको यात्रा शुरु गरेको स्वीडेन अर्को खेलमा साविक विजेता जर्मनीसँग २-१ ले पराजित भएको थियो। तर, समूह चरणको अन्तिम खेलमा मेक्सिकोलाई ३-० ले हराउँदै टोली समूह विजेता बन्न सफल भएको थियो।

युईएफए युरोपियन च्याम्पियनसिपमा १९९२ मा पहिलो पटक सहभागीता जनाउँदा सेमिफाइनल पुगेको स्वीडेनको त्यो नै युईएफए युरोपियन च्याम्पियनसिपको सबैभन्दा उत्कृष्ट प्रदर्शन थियो। 

यस पछिका सहभागी संस्करणमा क्वार्टफाइनल बाहेक अघि बढ्न सकेको छैन्। ओलम्पिक गेममा एक पटक च्याम्पियन बन्दा, नोड्रिक फुटबल च्याम्पियनसिपमा त्रिबल ह्याट्रिक गर्दै उपाधि जितेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।