शनिबार, चैत ७, २०८२

२४ घण्टामा १४३ संक्रमित थपिँदा ५६३ संक्रमणमुक्त, ९ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा थप १४३ जना कोरोना भाइरस संक्रमित भेटिएका छन्।
 |  आइतबार, कात्तिक २१, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २१, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप १४३ जना कोरोना भाइरस संक्रमित भेटिएका छन्। देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणमा ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणमा उल्लेख छ।   

मन्त्रालयका अनुसार कूल दुई हजार ३३३ जनाको नमूना परीक्षण गर्दा १४३ जनामा कोरोना 'पोजिटिभ' देखिएको हो। पीसीआर परीक्षणबाट १४१ र एन्टिजेन विधिबाट २ संक्रमित पहिचान भएका हुन्। उक्त अवधिमा कूल एक हजार ९८० जनाको पीसीआर र ३५३ जनाको एन्टिजेन विधिमार्फत् परीक्षण गरिएको थियो।

उक्त अवधिमा कोरोना संक्रमणका कारण ९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। ५६३ जना कोरोना संक्रमणमुक्त भएका छन्।

प्रकाशित: Nov 07, 2021| 16:37 आइतबार, कात्तिक २१, २०७८
प्रतिक्रिया दिनुहोस्