बिहीबार, चैत १२, २०८२

अर्जेन्टिनाको हार-लोकप्रियताको अवसान!

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- नायिका तथा रंगकर्मी सृजना सुब्बा फ्रान्ससँग अर्जेन्टिनाले हारेपछि दुइदिनसम्म धेरै दुखी भइन् । उनको ज्यान दुइदिनसम्म भारी भयो । उनलाई निद्रै लागेन। त्यो क्षण सम्झदै भन्छिन्, ‘मेस्सीले गोल हानोस् भनेर कामना गरिरहेकी थिएँ, अन्तिम दश मिनेटपछि मन खिन्न हुँदै गयो ।’

मेस्सीका फ्यानहरूलाई अर्जेन्टिनाले हार्नु ठूलो बज्रपात थियो। कयौं खेलप्रेमीले नचिताएको दृष्य देख्नु पर्‍यो । खेल सुरू हुनुभन्दा अगाडिको उर्जा बिस्तारै हराउदै गयो।
उनी मेस्सीको बिग फ्यान हुन् । आफूले मन परेको खेलाडीले गोल गरिदियोस् भन्ने लागिरह्यो। तर खेलमा हारजित त भैहाल्छ। उनी भन्छिन्, ‘जितोस् भनेपछि जित्नुपर्ने भन्ने लाग्छ तर जितेन।’

यतिभन्दा उनले लामो सुस्केरा हालिन् । आफू स्वयंले हारेझैं बताउदै उनी भन्छिन्, ‘जब खेल हेर्छु आफूले खेलेझैं लाग्छ र आफुले मन पराएको खेलाडीको खुट्टाबाट बल फुत्किदा धेरैपटक मुटु धक्क हुन्थ्यो ।’
 
जुन ३० को साँझ खेल हेर्नकै लागि हतारिदै घर फर्किदै थिइन्। तर सडक किनारका होटलहरूमा मान्छेको झुण्डले घरमा पुग्ने धैर्यता रहेन। र अनामनगरको ‘धराने रेष्टुरेन्टु’मा खेल हेर्न बसिन्। त्यही कफीको चुस्की लिंदै अर्जेन्टिनाको सपोर्ट लिएर गफ दिंदै गइन। अन्तिममा उनले दिएको गफले उनलाई नै चिमोट्यो । उनी भन्छिन्, ‘एकछिन त भाउन्न भयो ।’

अघिल्ला चरणमा राम्रा खेल्ने खेलाडीहरू अहिले उत्कृष्ट खेल्न सकेनन्। चर्चित खेलाडीले पहिलो चरणमै घर फर्किनु पर्‍यो । दर्शकले सोचेभन्दा उल्टो भयो। राम्रो खेल्ने खेलाडीहरू जहिल्यै प्रिय भइदिन्छन्। त्यो लोकप्रियताको सौहाद्रपूर्ण अवसान अर्जेन्टिनाको हारले व्यहोर्नु पर्‍यो।

एउटा फ्यानले जहिले पनि आफूले चाहेको खेलाडीले जितोस् भन्ने ठान्छ। तर, एउटा शिखरमा पुगेपछि मान्छे माथि जान सक्दैन्। फर्किनुको विकल्प बाहेक केही रहदैन। सधै अर्जेन्टिनाले मात्रै जितोस भन्ने मात्रै पनि रहेन। उनी गंभीर हुँदै भन्छिन्, ‘सधै एकै चिजको समय हुदोरहेनछ । नयाँ आउनको लागि होला पुराना खेलाडीको खेल कमजोर भएको ।’
 
‘टिमवर्कले मात्रै एउटा फुटबल टिम पूर्ण हुन्छ', उनी गम्भीर भएर भन्छिन्। 

खेल प्रतिको आशक्ति र फेसन बराबरी देख्छिन्। खेलप्रति क्रेज बढेको देखेर उनी भन्छिन्, ‘सामाजिक सञ्जालले वल्र्डकपलाई थप विज्ञापन गर्‍यो।’

आफ्ना अग्रज साथीहरूको माहोलमा उनी खेलको समिक्षात्मक दृष्टिले हेर्न रूचाउँछिन्। थियटरमा पनि खेलकै कुरा चलिरहेको छ। दर्शकले खेल आनन्दको लागि हेरिरहेका छन्। तर अहिलेका युवायुवतीले खेललाई कसरी हेरेका छन् त? उनी भन्छिन्,‘खेलसँग जोडिन चाहने दर्शकले बडो उत्साहको साथ हेरिरहेका छन्।’

भोलिपल्ट पोर्चुगलले हार्‍यो। चर्चित खेलाडी क्रिष्टियानो रोनाल्डोको टिम घर फर्किने भयो। त्यस किसिमको हारले उनमा केही राहत मिल्यो। उनी मुस्कुराउदै भन्छिन्, ‘खेलाडीको दिन सधै आउने रहेनछ ।’

उनले फेसबुक वालमा मेस्सीको फोटो पोष्ट गरेकी थिइन् । अहिले उनलाई आफूले मन पराएको खेलाडी बुढो भएको फिल गरिन् । उनी भन्छिन्,‘राम्रो खेल खेल्न टेक्नीकसँगै खेलाडीमा एनर्जी पनि हुनुपर्छ ।’

यसपालीको विश्‍वकपमा नयाँ खेलाडी जस्तो चल्तीका खेलाडी उर्जाका साथ दौडिएनन् भन्ने ठम्माइ पनि छ। सायद विश्वकप खेल्ने चर्चित खेलाडीको खेल कमजोर हुनुको कारण खेलको शैलीमा आएको परिवर्तन पनि होला।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।