काठमाडौं– शनिबार नेपालमा १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ३ हजार ९३२ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ३९६ जना कोरोनामुक्त भएका छन् भने १ जनाको मृत्यु भएको छ।
हालसम्म नेपालमा ९ लाख ९ हजार २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरुमध्ये ७ लाख ९४ हजार ८३४ जना संक्रमणमुक्त भएका छन्। हाल ८ हजार १४४ सक्रिय कोरोना संक्रमित छन्।