आइतबार, जेठ १७, २०८३

प्रदेश १ मा कोरोना संक्रमितभन्दा मृतक बढी!

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा झापाका २, सुनसरी र उदयपुरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयकी जनस्वास्थ्य अधिकृत ओमकुमारी राजवंशीले बताइन्।
 |  शुक्रबार, कात्तिक १९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १९, २०७८

विराटनगर- प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा झापाका २, सुनसरी र उदयपुरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयकी जनस्वास्थ्य अधिकृत ओमकुमारी राजवंशीले बताइन्। 

National life

पछिल्लो २४ घण्टामा ३ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ। ११ जनाको पीसीआर परीक्षण गर्दा झापाको भद्रपुरमा २ र मेचीनगरमा १ जनामा संक्रमण देखिएको राजवंशीले बताइन्। उनका अनुसार २१ जनाको एन्टिजेन परीक्षण गर्दा कसैमा पनि संक्रमण देखिएन। 

प्रदेश १ मा शुक्रबार ८४ जना कोरोेना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा ३८ महिला र ४६ पुरुष रहेको मन्त्रालयले जनाएको छ।

तिहारको बिदाका कारण कोरोना परीक्षण नै कम हुँदा संक्रमितभन्दा मृतकको संख्या बढी देखिएको मन्त्रालयको भनाइ छ। 

प्रकाशित: Nov 05, 2021| 17:45 शुक्रबार, कात्तिक १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।