शुक्रबार, फागुन १५, २०८२

मिथिलामा मनाइयो अन्नकुट पर्व, गोवर्द्धन पूजासँग के छ सम्बन्ध?

लक्ष्मीपूजाको भोलिपल्ट मिथिलाञ्चलका मन्दिरहरुमा अन्नकुट पर्व मनाइएको छ। कार्तिक महिनाको शुक्ल पक्षको प्रतिपदा तिथिका दिन मिथिलाञ्चलमा गोवर्द्धन पूजाका दिनमा नै अन्नकुट पर्व मनाउने गरिन्छ।
 |  शुक्रबार, कात्तिक १९, २०७८

जयन्त ठाकुर

जयन्त ठाकुर

शुक्रबार, कात्तिक १९, २०७८

जनकपुरधाम- लक्ष्मीपूजाको भोलिपल्ट मिथिलाञ्चलका मन्दिरहरुमा अन्नकुट पर्व मनाइएको छ। कार्तिक महिनाको शुक्ल पक्षको प्रतिपदा तिथिका दिन मिथिलाञ्चलमा गोवर्द्धन पूजाका दिनमा नै अन्नकुट पर्व मनाउने गरिन्छ। 

National life

कार्तिक महिनाको प्रतिपदाका दिन बलीपूजा, अन्नकुट, मार्गपाली आदि उत्सव समेत हुने गर्छन्। अन्नकुटको पवित्र दिवसमा चन्द्रदर्शन अशुभ मानिन्छ। त्यसैले प्रतिपदा द्वितीया तिथि एकैदिन परेमा लक्ष्मीपूजाकै दिन यो पर्व मनाउने गरिएको छ। 

अन्न्कुटका अवसरमा जनकपुरधामका जानकी मन्दिर सहित अधिकांश मन्दिरहरुमा अन्नकुट पर्व मनाइएको छ। विशेष पूजा अर्चना गरी विशिष्ट भोजनको भगवानलाई भोग लगाउने गरिन्छ। भगवानका लागि अन्नकुट पर्वका दिन ५६ भोग व्यञ्जन अर्पण गर्ने परम्परा रहेको छ। यस अवसरमा जानकी मन्दिरमा श्रद्धालु भक्तजनहरु भीड लाग्ने गरेको छ। प्रारम्भमा 'व्रज' (स्थान)मा मनाउने गरिएको यो पर्व कालान्तरमा मिथिलामासमेत मनाउन थालिएको हो।

गोवर्द्धन पूजासँग के छ सम्बन्ध?

अन्नकुट र गोवर्धन पूजा द्वापर युगमा भगवान कृष्णको अवतारकै समयमा प्रारम्भ भएको धर्मग्रन्थहरुमा उल्लेख रहेको पाइन्छ। गाईगोरु आदि मानव सेवा गर्ने प्राणीलाई स्नान गराएर फूल माला, धूप, चन्दन आदिले पूजा गरिन्छ।

Laxmi sunrise bank

गोबरले गोवर्द्धन पर्वत बनाएर पूजाअर्चना गरिन्छ। कात्तिक शुक्ल पक्षको प्रतिपदाका दिन भगवानका लागि भोग नैवेद्यमा नियमित प्रसादका अतिरिक्त अन्नबाट बनेको काँचो वा पकाएको भोग, फलफूल आदि अनेक प्रकारका पदार्थ अर्पण गर्ने गरिन्छ जसलाई ५६ भोग भनिन्छ। सोही भोग प्रसादको रुपमा भक्तजनहरुमा बाँड्ने गरिन्छ। यो पर्वका दिन नयाँ अन्नबाट बनेको भोग भगवानलाई अर्पण गरिन्छ त्यसैले यो पर्वको नाउँ अन्नकुट परेको संस्कृतिविद रेवतीरमण लाल बताउँछन्।

हुनत यो पर्व गोवर्धन पूजाकै अन्नकूट समारोह हो। प्राचीन कालमा व्रजवासी वर्षाका स्वामी ईन्द्रलाई प्रसन्न राख्नका लागि यो पर्व मनाउन सुरु गरिएको हो। व्रजवासीले सोही दिन भगवान ईन्द्रको पूजा गरी षडरसपूर्ण ५६ भोग, ३६ व्यञ्जन भोग लगाउने गर्थे। सोही दिन द्वापर युगमा भगवान श्री कृष्णले ईन्द्रको पूजा बन्द गराएर गोवर्धन पर्वतको पूजा आरम्भ गराएका थिए। यो देखेर भगवान ईन्द्र कुपित भएर मूसलाधार वर्षा गराए, जसबाट पूरै व्रज डुब्न लाग्यो। त्यसपछि भगवान श्रीकृष्णले गोप र गोपीहरुलाई बचाउनका लागि आफ्नो हातको कान्छी औँलामा गोवर्धन पर्वतलाई उठाएर ईन्द्रको मानमर्दन गरेका थिए। 

सोही दिनबाट ब्रजवासीलाई सुरक्षा प्रदान गर्ने पर्वत गोवर्धनलाई पूजाअर्चना आरम्भ गराएर अन्नकुट पूजाको समेत आरम्भ गराएको पौराणिक कथा छ।

प्रकाशित: Nov 05, 2021| 17:39 शुक्रबार, कात्तिक १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।