बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • तिहारमा पनि बढेन मादलको माग, संकटमा बादी समुदायको पुर्ख्यौली पेसा

तिहारमा पनि बढेन मादलको माग, संकटमा बादी समुदायको पुर्ख्यौली पेसा

तुलसीपुर–४ का उनलाई यस वर्ष पनि देउसी भैलोका लागि मादलको माग आउन सकेको छैन्। मादलको माग कम आएपछि उनी फुर्सदिलो बनेका हुन्।
 |  शुक्रबार, कात्तिक १९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १९, २०७८

दाङ- जीतबहादुर बादी  तिहार भित्रिसक्दा पनि फुर्सदिलो छन्। तुलसीपुर–४ का उनलाई यस वर्ष पनि देउसी भैलोका लागि मादलको माग आउन सकेको छैन। मादलको माग कम आएपछि उनी फुर्सदिलो बनेका हुन्।

कोरोना महामारीपछि जनजीवन सामान्य बन्दै गए पनि देउसीभैलीको लागि मादल बनाउने, मादल किन्नेहरूको संख्या बढ्न नसकेको उनको गुनासो छ। ‘गतवर्ष कोरोनाले मादलको व्यापार भएन, यसवर्ष पनि अहिलेसम्म मादलको व्यापार हुन सकेन’, उनले भने, ‘मादलको माग कोरोनापछि ह्वात्तै घटेको छ।’

मादलको माग घटेपछि दैनिकी कसरी चलाउने हो, चिन्ताले सताउन थालेको उनले बताए। ‘विषेशगरी धेरै आम्दानी हुने समय भनेको त तिहार नै हो, यो समयमा पनि मादलको माग कम भएको छ’, उनले भने, ‘मादलको व्यापार नहुँदा तिहार कसरी धकेल्ने हो भन्ने चिन्ताले सताएको छ।’ 

दीपावली पर्वमा मादलबाट राम्रै आम्दानी हुने गरेपनि यसवर्ष त्यस्तो अवस्था नदेखिएको सोहि ठाउँकै दुर्गाबहादुर नेपालीले बताए। यसवर्षको तिहारमा अहिलेसम्म उनलाई मादलको माग आउन सकेको छैन। मादल नेपाली गीतसंगीतका लागि मात्र नभएर तिहारमा खेलिने देउसीभैलोको लागि महत्वपूर्ण मनिने बाजा हो। तर, पछिल्लो समयमा मादलको माग कम हुँदा बादी समुदायको पेसा नै संकटमा परेको छ।

गतवर्षमा कोरोना महामारीले देउसी भैलो नै नहुने भएपछि मादलको माग घटेको थियो , पछिल्लो समयमा  भने बजारमा भित्रिएको प्रविधिले पनि मादलको मागमा कमि आएको उनीहरूको गुनासो छ। तुलसीपुर उपमहानगरपालिका-४ बायखोलका गेहेन्द्र बादीलाई कुनै समय तिहारको समयमा मादल बनाउन भ्याइनभ्याइ हुने गरेको थियो। तिहारमा खेलिने देउसीभैलोका लागि मादलको माग अत्यधिक हुँदा उनले वर्ष दिनको आम्दानी तिहारमा मात्र गर्थे,  तर करिब तीन वर्षदेखि उनले मादलबाट मनग्य आम्दानी गर्न सकेका छैनन्।

‘मादलबाट आम्दानी पनि राम्रै भएको थियो’, उनले भने, ‘कोरोना महामारी सुरू भएयता मादलको व्यापार हुन सकेको छैन। यसवर्ष पनि गतवर्षकै प्रभावका कारण मादलको व्यापार घटेको छ।’

तिहारको समयमा ४०/५० वटा मादलको व्यापार गर्ने गरेका उनले पछिल्लो समय तिहारको समयमा ५/७ वटामात्र पनि मुस्किलले बिक्रि गर्ने गरेका छन्।  ‘मादलको खोजी पनि कम हुन थालेको छ। मादल नै कम बजाएपछि व्यापार धेरै कम हुन थालेको छ’, उनले भने, ‘अहिले कोरोना महामारीपछि त हामीहरू धेरै समस्यामा परेका छौँ।’

मादल बनाएरै आफू र आफ्नो परिवारको दैनिकी चलाउन सहज बनेको अवस्थामा  पछिल्लो समय मादलको माग कम हुँदा समस्या हुन थालेको उनले बताए। ‘मादलको व्यापार नै छैन, मादल बिक्री हुने समय भनेकै त तिहारको समय हो। तर पछिल्लो समय कोरोना महामारीका कारण मादलको माग पनि ह्वात्तै घटेको छ’, उनले भने, ‘ पछिल्ला वर्षहरुमा तिहारमा मादलको माग घट्न थालेको छ। अब त मादल बनाएर पनि दैनिकी चल्दैन।’

तिहारको समयमा विगतका वर्षहरूमा दैनिक रूपमा चार हजारसम्म आम्दानी गर्ने गरे पनि यसवर्ष एक हजारको समेत व्यापार हुन नसकेको उनले बताए। ‘मादल प्रविधिको कारणले पनि पछिल्लो समय हराउँदै गएको छ। गतवर्षका दिनमा कोरोना महामारीले तिहारमा भैली नहुने भएपछि मादलको माग पनि आउन सकेको थिएन, यसवर्ष पनि त्यस्तै भएको छ’, उनले भने, ‘अब त आशा पनि मरिसक्यो, आम्दानी नै नभएपछि तिहार पनि नरमाइलो हुने भयो।’

मादलको बजार राम्रो नभएपछि बादी समुदायको बाबुबाजेले गर्दै आएको मादल बनाउने पेसा संकटमा पर्न थालेको छ। अब यस्तै अवस्था भएमा भावी पुस्तलाई मादल बनाउनेबारे ज्ञानको अभाव हुने निश्चित देखिएको ति बादी समुदायले कसरी बनाउने भन्ने पनि समस्या उब्जन थालेको छ। बजारमा भित्रिएको प्रविधि र कोरोनाको प्रभाव अझै भएकाले बादी समयुदायको मादल बनाउने पेसा नै संकटमा परेको हो।  -न्युज कारखाना 

प्रकाशित: Nov 05, 2021| 19:35 शुक्रबार, कात्तिक १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।