बुधबार, भदौ ३, २०८३

युवाको अगुवाइमा गाउँमा बत्ती जडान

भिमाद नगरपालिका-८ अरौदीका युवाले तिहारको बेला सडक बत्ती जडान गरेर गाउँ उज्यालो पारेका हुन्।
 |  शुक्रबार, कात्तिक १९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १९, २०७८

तनहुँ- तनहुँमा युवाहरू मिलेर गाउँ उज्यालो बनाएका छन्। भिमाद नगरपालिका-८ अरौदीका युवाले तिहारको बेला सडक बत्ती जडान गरेर गाउँ उज्यालो पारेका हुन्। 

अजम्बरी युवा क्लबले आफ्नै कोषको रकम खर्चिएर सडक बत्ती जडान गरेको क्लबका अध्यक्ष नरविर आलेले बताए। २० ठाउँमा सडक बत्ती राखिएको उनले जानकारी दिए। आलेका अनुसार सडक बत्ती खरिद र जडानमा ८० हजार रुपैयाँ खर्च भएको छ।

‘क्लबको कोषमा रहेको रकम खर्च गरेका छौँ’, उनले भने, ‘नगरपालिकासँग पनि सडक बत्ती राख्न बजेट माग गरेका थियौं , सुनवाई भएको छैन्।’  बजेट पाएको खण्डमा अझ धेरै स्थानमा सडक बत्ती राख्ने आलेले बताए। 

सडक बत्ती जडान गरेपनि मर्मत सम्भारका लागि बजेट अभाव हुने भएकाले क्लबले प्रत्येक घरधुरीसँग महिनामारी शुल्क उठाउने योजना बनाएको छ। क्लबले साँस्कृतिक, सांगीतिकलगायतको कार्यक्रम गरेर कोषमा रकम जम्मा गर्ने गर्दछ। 

प्रकाशित: Nov 05, 2021| 18:35 शुक्रबार, कात्तिक १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।