शुक्रबार, भदौ ५, २०८३

कांग्रेस महामन्त्रीमा प्रकाशशरण महत पनि इच्छुक

नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले चौधौं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवार बन्ने संकेत गरेका छन्।
 |  बिहीबार, कात्तिक १८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १८, २०७८

काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले चौधौं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवार बन्ने संकेत गरेका छन्। झापामा बिहीबार कार्यकर्ता भेटघाटमा उनले भने, ‘लामो समयसम्म एउटै पदमा बस्ने इच्छा छैन। यसपालि सहमहामन्त्री पदको सह हटाउने इच्छा छ।’

कार्यक्रममा पार्टीका प्रवक्ता विश्वप्रकाश शर्मा पनि सहभागी थिए। शर्र्माले यसअघि नै महामन्त्री पदको उम्मेदवारी घोषणा गरेका छन्। यस्तै गगन थापाले पनि महामन्त्री पदको उम्मदेवारी घोषणा गरिसकेका छन्। 

डा. महतले अमेरिकी अनुदानमा आधारित एमसीसी सम्झौताका विषयमा सत्य बोल्न कोही पनि डराउन नहुने बताए। उनले एमसीसीका विषयमा कांग्रेसका नेता र कार्यकर्ता पनि बोल्न डराउने गरेको बताए। भारत, चीन, कोरिया, जापान, युरोपियन युनियनलगायतबाट नेपाललाई वर्षेनी अनुदान र ऋणमा आधारित सहयोग प्राप्त हुने गरेको उल्लेख गर्दै सहमहामन्त्री महतले अमेरिकाले दिने सहयोगमा फरक मापदण्ड र नीति अख्तियार गर्न नहुने बताए। उनले सबै मित्रराष्ट्रसँगको परराष्ट्र नीति समान हुनुपर्नेमा जोड दिए।

एमससीसीमार्फत अमेरिकाले दिने सहयोग ऋण नभएर अनुदान भएको उनले स्पष्ट पारे। विद्युतीय ट्रान्समिसन लाइन, सडक जस्ता महत्त्वपूर्ण पूर्वाधार निर्माणमा आउने सहयोग नेपालले स्वीकार गर्नुपर्ने नेता महतको धारणा थियो। विदेशी सेना आउने, विदेशको कानून लागू हुने, सार्वभौमसत्ता संकटमा पर्ने जस्ता गलत र हुँदै नभएका हल्ला चलाइएकाले एमसीसीबारे जनतालाई सत्य कुरा सुनाउन नेताहरुले आँट गर्नुपर्ने उनको भनाइ थियो।

नेता महतले भारतीय जनता पार्टीको निमन्त्रणामा हालै भारत भ्रमणमा जाँदा सीमा समस्या र तुइन समस्याको समाधानका बारेमा छलफल भएको जानकारी दिए। सर्वोच्च अदालतमा भइरहेको विवादका विषयमा उनले स्वतन्त्र न्यायालय समस्या समाधानका लागि असफल भएमा व्यवस्थापिकाको हस्तक्षेप स्वाभाविक रुपमा निम्तिने बताए। उनले भने, ‘राज्यका सबै अङ्ग स्वतन्त्र छन्, एउटाले आफ्नो समस्या समाधान गर्न सकेन र राज्य व्यवस्थामै अप्ठ्यारो अवस्था सिर्जना भएमा अर्को अङ्गको हस्तक्षेप अपरिहार्य हुन्छ।’

प्रकाशित: Nov 04, 2021| 21:15 बिहीबार, कात्तिक १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...