शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • जनताका पक्षमा काम नगर्ने मन्त्रीमाथि कारबाही गर्ने प्रचण्डको चेतावनी

जनताका पक्षमा काम नगर्ने मन्त्रीमाथि कारबाही गर्ने प्रचण्डको चेतावनी

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीबाट सहभागी मन्त्रीहरुले जनताका पक्षमा काम नगरे तुरुन्तै कारबाही गरिने चेतावनी दिएका छन्।
 |  बिहीबार, कात्तिक १८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १८, २०७८

काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीबाट सहभागी मन्त्रीहरुले जनताका पक्षमा काम नगरे तुरुन्तै कारबाही गरिने चेतावनी दिएका छन्।

नेकपा(माओवादी केन्द्र) मध्यपुर थिमि नगर कमिटीले नेपाल सम्वत् ११४२ का अवसरमा बिहीबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीहरुले जनताको पक्षमा काम नगरे तुरुन्तै कारबाही गर्ने बताएका हुन्।

उनले पार्टीमा जतिसुकै ठूलो पदको भए पनि राम्रो काम नगर्ने मन्त्रीविरुद्ध कडा कदम चाल्ने बताए। उनले भने, ‘हाम्रा मन्त्रीहरुलाई जनताको पक्षमा काम नगरे जस्तोसुकै ठूलो पदको पार्टीको भए पनि हामी कडा स्टेप चाल्नेछौं। तपाईंहरुको साथ भयो भने जनताको पक्षमा काम नगर्ने मन्त्रीलाई तुरुन्तै कारबाही गर्ने मान्यताबाट हामी अगाडी बढेका छौं।’

अध्यक्ष प्रचण्डले देशी, विदेशी शक्तिहरु माओवादी आन्दोलन कमजोर पार्ने षड्यन्त्रमा लागेको बताए। माओवादी पार्टी झन् जागेर आउने देखेर खासगरी प्रचण्डलाई नै तारो बनाउन खोजेको उनको भनाइ छ। उनले भने, ‘अहिले पनि प्रतिक्रान्तिकारीहरु षड्यन्त्रमै छन्। प्रतिक्रियावादीहरु षड्यन्त्रमै छन्। देशीविदेशी प्रतिक्रियावादीहरु कुनै न कुनै रुपले माओवादी आन्दोलनलाई के गरी कमजोर पार्ने, जति गरेपनि नहुने, उनीहरुले तारो बनाए तपाइहरुलाई थाहा छ, उनीहरुको तारो भनेको माओवादी केन्द्र र त्यसको पनि मुख्य नेतृत्व।’  

अध्यक्ष प्रचण्डले केही समयपछि माओवादी पार्टी एक नम्बरको पार्टी बन्ने विश्वास व्यक्त गरे। 

प्रकाशित: Nov 04, 2021| 20:42 बिहीबार, कात्तिक १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...