बिहीबार, चैत १२, २०८२

प्रि-क्वाटरफाइनलको अन्तिम खेल आज : क-कसले मार्लान् बाजी ?  

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- रसियामा जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा मंगलबार प्रि–क्वाटरफाइनलका अन्तिम खेलहरु हुँदैछन् । 

आज हुने  पहिलो खेलमा स्विडेन र स्विजरल्याण्ड भिड्दा दोस्रो खेलमा कोलम्बिया र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । पहिलो खेल नेपाली समय अनुसार बेलुका ७ः४५ बजे शुरु हुनेछ भने दोस्रो खेल राती ११ः४५ मा हुनेछ । 

पहिलो खेलमा भिड्न लागेका दुई युरोपेली टोली स्विडेन र स्विजरल्याण्डले जारी विश्वकपमा औसत प्रदर्शन गरेका छन् । समूह एफमा स्विेडेनले कोरिलाई एक शुन्यले हराएको थियो भने जर्मनीसँग २–१ गोल अन्तरले पराजित भएको थियो । त्यस्तै समूह चरणको अन्तिम खेलमा मेक्सिकोलाई तीन शुन्य गोल अन्तरले हराएको थियो ।  

यस्तै समूह इको उपविजेता स्वीट्जरल्याण्डले सर्बियालाई २–१ गोल अन्तरले हराउँदा कोष्टारिकासँग २–२ गोलको बराबरी खेलेको थियो भने ब्राजिलसँग १–१ को ड्र नै खेलेको थियो ।

स्वीट्जरल्याण्ड ६४ वर्षपछि पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुग्ने लक्ष्यसहित आज मैदान उत्रिदै छ । १९५४ को विश्वकपमा पछि स्वीट्जरल्याण्ड क्वार्टरफाइनलसम्म पुग्न सकेको छैन्।  

आजै हुने दोस्रो खेलमा भिड्न लागेका कोलम्बिया र इङ्ल्याण्डबीचको खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । राती पानै १२ बजे पार्टक रंगशालामा हुने खेलमा दुवै टोलीको लक्ष्य क्वाटरफाइनलमा पुग्नु हुने छ । 

कोलम्बिया समूह ‘एच’ को बिजेता बन्दै नकआउट चरणमा पुगेको हो । इंग्ल्यान्ड भने समूह ‘जी’ को उपविजेता बन्दै नकआउट चरणमा स्थान पक्का गरेको थियो । मंगलबारको खेलबाट क्वाटरफाइनलमा पुग्ने सबै आठ टोलीको छिनोफानो लाग्ने छ ।  

जारी विश्वकपमा फ्रान्स, उरुग्वे, रुस, क्रोएसिया, ब्राजिल र बेल्जियमले अन्तिम आठमा स्थान पक्का गरीसकेका छन् । अर्जेन्टिना, पोर्चुगल, स्पेन, डेनमार्क, मेक्सिको र जापानले अन्तिम आठको यात्रा गर्न सकेनन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।