शनिबार, चैत ७, २०८२

६० लाख डोज फाइजर खोप खरिद प्रस्ताव मन्त्रिपरिषद् लैजाने तयारी

सरकारले आगामी पुस मसान्तभित्रमा दुई तिहाइ र चैत मसान्तसम्म लक्षित सबैलाई खोप लगाउनसक्ने जनाएको छ।
 |  बिहीबार, कात्तिक १८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १८, २०७८

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फाइजरको ६० लाख मात्रा खोप खरिदका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पठाउने तयारी गरेको छ। विश्व बैंकको सहयोगमा बालबालिका तथा किशोर-किशोरीलाई लक्षित गरेर खोप किन्ने तयारी भएको हो। 

National life

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्ति अनुसार खोप खरिदसम्बन्धी फाइल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने तयारी भइरहेको छ। 

खोप खरिद प्रक्रिया मन्त्रिपरिषदमा नरोकिएको स्वास्थ्यका प्रवक्ताले दाबी गरेका छन्।नेपालमा पहिलो पटक सङ्क्रमण देखिएको एक वर्षपछि खोप लगाइएको थियो। सुरुमा ६५ वर्षभन्दा माथिका र स्वास्थ्यकर्मी, अस्पतालमा काम गर्ने सरसफाइकर्मी, कोभिड–१९ विरुद्धको रोकथाम र नियन्त्रणमा अग्रपङ्क्तिमा रहेका काम गर्ने व्यक्तिबाट सुरु गरिएको खोप अहिले ४० वर्षमाथिका प्रायः सबैलाई खोप दिइन थालिएको छ। 

सरकारले आगामी पुस मसान्तभित्रमा दुई तिहाइ र चैत मसान्तसम्म लक्षित सबैलाई खोप लगाउनसक्ने जनाएको छ। 

सरकारले १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना र फाइजर खोप लगाइनेछ। मोडर्ना ४० लाख र फाइजर ६० लाख मात्रा ल्याउने तयारी गरेको छ। उनका अनुसार बालबालिकालाई लगाउने फाइजर एक लाख ६२० मात्रा खोप यही अक्टोबरको अन्तिममा ल्याउने तयारी गरिएको छ। 

Laxmi sunrise bank
kumari

नेपालमा अहिले कोभिसिल्ड, भेरोसेल, जोन्सन एन्ड जोन्सन, एस्ट्राजेनिका खोप लगाइएको छ। सरकारले सर्वसाधारणलाई खोप लगाउनका लागि खरिद, अनुदान र कोभ्याक्स सुविधामार्फत ल्याइरहेको छ। कूल खोप लगाउने लक्षितमध्ये २० प्रतिशत कोभ्याक्स सुविधामार्फत ल्याउने सरकारले तयारी रहेको छ।

हालसम्म १ करोड ६१ लाख ६५ हजार ५६९ डोज लाई कोरोनाविरुद्धको भ्याक्सिन लगाइसकिएको मन्त्रालयले जानकारी दिएको छ। यीमध्ये ७४ लाख ३० हजार ३ सय ५ जनाले खोपको पूर्ण मात्रा लगाएका छन्। 

प्रकाशित: Nov 04, 2021| 18:01 बिहीबार, कात्तिक १८, २०७८
प्रतिक्रिया दिनुहोस्