काठमाडौं– बिहीबार नेपालमा ३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ६ हजार ३८४ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ५१८ जना कोरोनामुक्त भएका छन् भने २ जनाको मृत्यु भएको छ।
हालसम्म नेपालमा ९ लाख ८ हजार ९१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरुमध्ये ७ लाख ९३ हजारर ७८९ जना संक्रमणमुक्त भएका छन्। हाल ८ हजार ८९० सक्रिय कोरोना संक्रमित छन्।