शनिबार, जेठ २, २०८३

सरकारले बढायो फाइजर खोप खरिद प्रक्रिया

सरकारले फाइजरको ६० लाख मात्रा खोप खरिद गर्ने प्रक्रिया अगाडि बढाएको छ।
 |  बिहीबार, कात्तिक १८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १८, २०७८

National life

काठमाडौं– सरकारले फाइजरको ६० लाख मात्रा खोप खरिद गर्ने प्रक्रिया अगाडि बढाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले किशोर–किशोरीलाई लक्ष्य गरेर फाइजरको खोप खरिद गर्ने प्रक्रिया अगाडि बढाएको जनाएको हो।

विश्व बैंकको सहयोगमा फाइजरको ६० लाख मात्रा खोप खरिद गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयारी गरेको र यससम्बन्धी फाइल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने तयारीमा रहेको मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए।

उनले कोभिड–१९ महामारीको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले उच्च प्राथमिकता दिँदै आएको र कोरोनाविरुद्धको खोप अभियान पनि सञ्चालन गर्दै आएको जानकारी दिए। उने खोप खरिद प्रक्रिया मन्त्रिपरिषद्मा नरोकिएको पनि स्पष्ट पारे। खोप खरिद प्रक्रिया रोकिएको भन्ने समाचारमा सत्यता नरहेको पनि स्पष्ट गरिएको छ। 

प्रकाशित: Nov 04, 2021| 15:53 बिहीबार, कात्तिक १८, २०७८
प्रतिक्रिया दिनुहोस्