शुक्रबार, भदौ ५, २०८३

एमाले र एकीकृत समाजवादीबीच कार्यक्रममै काउन्टर

एमालेको खोटाङ–काठमाडौं सम्पर्क मञ्च र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) खोटाङ-काठमाडौं सम्पर्क मञ्चले एकै दिन काठमाडौंमा देउसीभैली कार्यक्रम गरेको छ।
 |  बिहीबार, कात्तिक १८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १८, २०७८

खोटाङ- खोटाङमा नेकपा (एमाले) र एमालेबाट अलग भएको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)बीचमा कार्यक्रममार्फत एकले अर्कालाई काउण्टर गर्न थालेका छन्।

एमालेको खोटाङ–काठमाडौं सम्पर्क मञ्च र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) खोटाङ-काठमाडौं सम्पर्क मञ्चले एकै दिन काठमाडौंमा देउसीभैली कार्यक्रम गरेको छ।

बुधबार एमालेको खोटाङ-काठमाडौं सम्पर्क मञ्चले अन्नपूर्ण पाटी भेन्यू, पुरानो बानेश्वरमा देउसीभैली गरिरहँदा एकीकृत समाजवादी खोटाङ–काठमाडौं सम्पर्क मञ्चले शान्तिनगरस्थित बेबिलोन नेशनल सेकेण्डरी स्कुलमा देउसीभैली कार्यक्रमको आयोजना गरेको थियो। 

१२ कात्तिकमा एकीकृत समाजवादीको जिल्ला कमिटीको बैठक बसेर जिल्ला कमिटीको जिम्मेवारी हेरफेरदेखि, पालिका इन्चार्ज, सह–इन्चार्ज, विभागलगायतको जिम्मेवारी टुंग्याउने निर्णय गर्‍यो।

त्यहीँ दिन एमाले जिल्ला कमिटीको ७औं सचिवालय बैठक बस्यो र पार्टी सदस्यताको काम टुंग्याउनका लागि १० वटै पालिकामा उत्प्रेरकको जिम्मेवारी बाँडफाँड गर्नेदेखि बेमौसमी वर्षाका कारण जनधनको क्षति ब्यहोरेका नागरिकलाई राहत प्रदान गर्न सरकार समक्ष माग गर्ने लगायतका निर्णय गर्‍यो। कतिसम्म भने दुबै पार्टीको बैठकको निर्णय सार्वजनिक गर्ने मितिसमेत एकै दिन पारिए। १४ कात्तिक बिहान एकीकृत समाजवादीले जिल्ला समन्वय समितिको सभाहलमा पत्रकार सम्मेलन गर्‍यो भने एमालेले दिक्तेलको होटल भिलेजमा पत्रकार भेटघाट कार्यक्रम गरेको थियो । 

एमाले र नेकपा (एस)को बैठक तथा कार्यक्रमको मिति एकै दिन पर्नुलाई संयोगमात्र मान्न नसकिने स्वयं तिनै पार्टीका नेता तथा कार्यकर्ता बताउँछन् । पार्टीभित्र देखिएको विभाजनका कारण ढुलमुल भएका नेता तथा कार्यकर्तालाई आफ्नै पार्टीमा अलमलाउनका लागि दुई पार्टीले कार्यक्रम जुधाउने गरेको बताइन्छ । फरक विचार राख्ने पार्टी तथा नेताप्रति सहिष्णु बन्नु राजनीतिक ‘कल्चर’ हो, तर दुई पार्टीबीचमा कार्यक्रममार्फत एकले अर्कालाई ‘काउण्टर’ गर्ने गरेका छन् । जिल्लामा शक्ति प्रदर्शनमासमेत दुई पार्टीबीचमा होड चल्न थालेको देखिन्छ। 

१३ कात्तिकमा एकीकृत समाजवादी र एमालेको पत्रकार सम्मेलन हुने जानकारी केही पत्रकारलाई गराइए तर एकको पत्रकार सम्मेलन अर्को दिन सर्ने भएपछि दुबै पार्टीको पत्रकार सम्मेलन १४ कात्तिकमा पारिएको थियो।

प्रकाशित: Nov 04, 2021| 14:39 बिहीबार, कात्तिक १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...