आइतबार, असोज २५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सभापतिले कर्मचारी प्रयोग गरेर पार्टी कब्जा गर्न खोज्नुभयो : शेखर कोइराला

सभापतिले कर्मचारी प्रयोग गरेर पार्टी कब्जा गर्न खोज्नुभयो : शेखर कोइराला

‘सभापतिजीले प्रहरी प्रशासन र सिडिओ लगाएर जिल्ला अधिवेशन गर्नुभएको छ, यसरी आफैले कब्जा गर्ने गरि जिल्ला अधिवेशन भइरहेको छ,’ उनले भने, ‘यस्तो गर्न मिल्छ?’
 |  बुधबार, कात्तिक १७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १७, २०७८

बुटवल- नेपाली कांग्रेसका नेता तथा केन्द्रीय सदस्य डा. शेखर कोइरालाले १४औं महाधिवेशन प्रभावित पार्नको लागि सभापति शेरबहादुर देउवाले कर्मचारी प्रयोग गरेको आरोप लगाएका छन्। उनले कर्मचारीतन्त्र प्रयोग गरेर सभापति देउवाले महाधिवेशन आफनो पक्षमा पार्न खोजेको टिप्पणी गरेका हुन्। 

नेपाली कांंग्रेस गुल्मी रुपन्देही सम्पर्क समाजले बुधबार बुटवलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले प्रहरी प्रशासन लगाएर सभापती देउवाले जिल्ला अधिवेशन गराएको बताए। 

‘सभापतिजीले प्रहरी प्रशासन र सिडिओ लगाएर जिल्ला अधिवेशन गर्नुभएको छ, यसरी आफैले कब्जा गर्ने गरि जिल्ला अधिवेशन भइरहेको छ,’ उनले भने, ‘यस्तो गर्न मिल्छ?’ 

नेता कोइरालाले प्रधानमन्त्री तथा पार्टी सभापति शेरवहादुर देउवा प्रति लक्षित गर्दै प्रधान न्यायधिसलाई भाग दिने पनि दोषी रहेको बताए। ‘गजेन्द्र हमाललाई मन्त्री बनाउने प्रधानमन्त्री दोषी हो कि होइन?’ उनले प्रश्न गरे। न्यायलयमा देखिएको विवाद समाधानमा प्रधानन्यायाधिसले नै निकास दिनु पर्ने उनको तर्क छ। 

कार्यक्रममा नेपाली कांग्रेसका नेताहरु पूर्वमन्त्री रेवतीप्रसाद भुसाल, कपिलबस्तुका सभापति तथा पूर्वमन्त्री सुरेन्द्रराज आचार्य, रोल्पाका सभापति तथा पूर्वमन्त्री अमर पुन, गुल्मीका सभापति भुवन श्रेष्ठ, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष गोविन्द पोखरेलले बोल्दै पार्टीले नयाँ नेतृत्व खोजेको भन्दै पार्टीलाई चलायमान नेतृत्व आउनु पर्ने बताएका थिए।

प्रकाशित: Nov 03, 2021| 22:50 बुधबार, कात्तिक १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...