शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानन्यायाधीश विषयमा एमाले निकट वकिलहरू विभाजित, उपाध्यक्षको विज्ञप्तिलाई अध्यक्षको काउन्टर

प्रधानन्यायाधीश विषयमा एमाले निकट वकिलहरू विभाजित, उपाध्यक्षको विज्ञप्तिलाई अध्यक्षको काउन्टर

कार्यवाहक अध्यक्ष रमा श्रेष्ठले न्यायाधीशहरु काममा फर्किनुपर्ने भन्दै प्रधानन्यायाधीशलाई राहत हुने गरी विज्ञप्ति निकालेका बेला अध्यक्ष रुद्रप्रसाद नेपालले अर्को विज्ञप्ति जारी गरेर काउन्टर दिएका छन्।
 |  बुधबार, कात्तिक १७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १७, २०७८

काठमाडौं- नेकपा एमालेनिकट प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठनमा विवाद भएको छ।कार्यवाहक अध्यक्ष रमा श्रेष्ठले न्यायाधीशहरु काममा फर्किनुपर्ने भन्दै प्रधानन्यायाधीशलाई राहत हुने गरी विज्ञप्ति निकालेका बेला अध्यक्ष रुद्रप्रसाद नेपालले अर्को विज्ञप्ति जारी गरेर काउन्टर दिएका छन्।

उनले संगठनका उपाध्यक्ष श्रेष्ठले आफू का.वा. अध्यक्ष उल्लेख गरी जारी गरेको विज्ञप्तिमा गम्भीर ध्यानार्कषण जनाएका छन्।

संगठनको अध्यक्षको जिम्मेवारीमा आफू रहेको र संस्थागत निर्णय विना जारी गरिएको उक्त विज्ञप्ति संस्थाको आधिकारिक नभएको उनले उल्लेख गरेका छन्।

साथै उनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा हटाउने वर्तमान आन्दोलनमा बार एसोसिएसनले गरेको संस्थागत निर्णयको पक्षमा संगठन अडिग रहेको पनि स्पष्ट पारेका छन्।

प्रकाशित: Nov 03, 2021| 19:23 बुधबार, कात्तिक १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...