शुक्रबार, भदौ ५, २०८३

दसौं महाधिवेशनका लागि कसैसँग चन्दा मागिएको छैन : एमाले

नेकपा एमालेलाई १०औं महाधिवेशनले एकतावद्ध गर्ने महाधिवेशन प्रचारप्रसार समितिले जनाएको छ।
 |  बुधबार, कात्तिक १७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १७, २०७८

काठमाडौं- नेकपा एमालेले पार्टीको दसौं महाधिवेशनका लागि कसैसँग चन्दा नमागिएको स्पष्ट पारेको छ। महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रचारप्रसार समितिका संयोजक पार्टी सचिव योगेश भट्टराईले भने, 'हामीले पार्टीको महाधिवेशनका लागि चन्दा मागेका छैनाैं।' उनले जिल्लामा भने पार्टी केन्द्रीय कमिटीको अनुमति लिएर आर्थिक संकलन गर्न सकिने बताए।

उनले पार्टीको सदस्यता वितरण, नवीकरण र प्रतिनिधि शुल्कबाट उठेको रकमले पार्टीले महाधिवेशन खर्च बेहोर्ने बताए। यस्तै महाधिवेशन उद्घाटनसत्रमा करिब पाँच लाख सहभागी गराउने एमालेको लक्ष्य छ। एमालेको दसाैं महाधिवेशन आगामी मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुँदै छ। 

महाधिवेशन उद्घाटन नारायणी किनारामा गरिनेछ भने बन्दसत्र सौराहाको हात्तीसारमा गरिनेछ। पार्टी प्रतिनिधिलाई सौराहका होटेलमा बस्ने व्यवस्था गरिने एमालेको तयारी छ। 

'बजेट फिर्ता गरेर सरकारले असंवैधानिक काम गरेको छ। एमाले विभाजनका लागि राज्यका संवैधानिक निकायलाई दुरुपयोग गरिएको छ।'

पत्रकारहरूले महाधिवेशनमा एकीकृत समाजवादीका नेतालाई बोलाउने कि नबोलाउने भन्ने जिज्ञासामा संयोजक भट्टराईले  भने, 'नाम-ठेगाना स्पष्ट नभएका राजनीतिक दललाई कार्यक्रममा बोलाइँदैन।' महाधिवेशनमा विभिन्न राजनीतिक दलका प्रतिनिधिदेखि कूटनीतिक नियोगका प्रतिनिधिलाई पनि आमन्त्रण गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयाे। 

पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा वर्तमान सरकारको कडा आलोचना गरिएको छ। मुलुकमा संविधान कार्यान्वयन भएर विकासले गति लिइरहेको समयमा गठबन्धनका नाममा विभिन्न दलले अराजकता सिर्जना गरेको आरोप एमालेको छ।

'बजेट फिर्ता गरेर सरकारले असंवैधानिक काम गरेको छ। एमाले विभाजनका लागि राज्यका संवैधानिक निकायलाई दुरुपयोग गरिएको छ', विज्ञप्तिमा उल्लेख छ। 


प्रकाशित: Nov 03, 2021| 14:16 बुधबार, कात्तिक १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...