शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • नेपाललाई आयआर्जनको गतिलो स्रोत बनाउन सकिन्छ : मुख्यमन्त्री पाण्डे

नेपाललाई आयआर्जनको गतिलो स्रोत बनाउन सकिन्छ : मुख्यमन्त्री पाण्डे

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले नेपाललाई आय आर्जनको श्रोत बनाउन सकिने बताएका छन्।
 |  बुधबार, कात्तिक १७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १७, २०७८

काठमाडौं- बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले नेपाललाई आय आर्जनको श्रोत बनाउन सकिने बताएका छन्।

बुधबार पुष्पलाल स्मृति प्रतिष्ठान कीर्तिपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले नेपाललाई आयआर्जनको गतिलो श्रोत बनाउन सकिने बताएका हुन्।

उनले विश्वका २ सयभन्दा बढी देशमा उत्पादन हुने चिज नेपालमा नै बनाउन सकिने दाबी गर्दै अब नेपालमै रोजगारी सिर्जना गर्नुपर्ने बताए। मुख्यमन्त्री पाण्डेले ४० लाख नेपाली उज्यालो खोज्न विदेश गएको बताउँदै देश विकासको लागि युवाहरूलाई अघि बढाउनुपर्ने आवश्यक औंल्याए।

मुख्यमन्त्री पाण्डेले भने, ‘क्षमता बेचेर सुख सुविधा दिएर आर्जन गर्ने क्षेत्र हो। हामीसँगै चिज छन्। तर, बेच्न नजानेर हामी गरिब भएका छौं। पैसाले हुनेभए सगरमाथा युरोप तिरै जन्माउँथे यहाँ चढ्न किन आउँथे।

मुख्यमन्त्री पाण्डेले नेकपा एकीकृत समाजवादी पार्टीलाई एमाले जस्तो बनाउन दिनु नहुने बताए। जति प्रगति भए पनि दम्भ, अहंकार र घमन्ड गर्नु नहुने तर्क गर्दै मुख्यमन्त्री पाण्डेले सबैभन्दा ठूलो जनता भएको तथा जनताले माया गरुन्जेलसम्म राजनीतिक पार्टी ठूलो भएको तर्क गरे।

प्रकाशित: Nov 03, 2021| 11:59 बुधबार, कात्तिक १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...