बुधबार, चैत ११, २०८२

ब्राजिल क्वाटरफाइनल प्रवेश : मेक्सिको २-० ले पराजित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- ब्राजिल जारी विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबारको खेलमा मेक्सिकोलाई २-०ले पराजित गर्दै ब्राजिलले क्वाटरफाइनलमा यात्रा तय गरेको हो । 

खेलको ५१ औं मिनेटमा ब्राजिलका स्टार नेयमारले उत्कृष्ट गोल गर्दै अग्रता दिलाएका थिए । उनले विलीयनको पासलाई सहि सदुपयोग गर्दै गोल गरेका थिए । दोस्रो हाफको सुरुवाती समयमै गोल खादै मेक्सिको दबाबमा परेको थियो ।

तर, खेल सकिन ४ मिनेट बाँकी छदा फिलिप्पे कउटिन्होको स्थानमा मैदान प्रवेश गरेका रोबर्टो फिर्मिनोले उत्कृष्ट गोल गरेका हुन । उनले मैदान प्रवेश गरेको २ मिनेटमै गोल गरेका हुन । उनी ८६ औं मिनेटमा मैदान प्रवेश गरेका थिए । 

शुरुवातदेखिनै दुबै टोलीले आक्रमक रुपमा खेल प्रस्तुत गरे पनि गोल भने गर्न सकेका थिएनन्। ब्राजिलले पहिलो हाफको दौरान केहि अबसर पाएको थियो । तर, कुनै गोल गर्न सकेनन् । 

उता मेक्सिकोका गोलरक्षक गुल्लेर्मो ओचवालले दोस्रो हापमा दुई गोल खाएपनि पहिलो हाफमा उत्कृष्ट बचाउ गर्दा ब्राजिलकालागी टाउको दुखाई बनेका थिए । उनले ब्राजिलीयन खेलाडीले प्रहार गरेका ८ प्रहार असफल पारिदिएका थिए ।

पुरै खेलभरी मेक्सिकोले आक्रमक खेले पनि गोल पोस्टमा एक मात्र प्रहार गरे । जुन अवसर पहिलो हाफमानै जुराएका थिए । दोस्रो हाफमा मेक्सिकोले कुनै पनि गोलको अवसर जुराउन सकेन ।

खेल अवधिभर रेफ्रिले ६ पहेलो कार्डको प्रयोग गरे । उनले चार पहेलो कार्ड मेक्सिकोका खेलाडी विरुद्ध पहेलो कार्ड प्रयोग गरेका थिए भने दुई पहेलो कार्ड ब्राजिलका खेलाडीविरुद्ध प्रगोग गरेका थिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।