मंगलबार, असार ३०, २०८३

मेक्सिको विरुद्ध ब्राजिलको अग्रता दोब्बर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-ब्राजिलले मेक्सिको विरुद्धको खेलमा अग्रता दोब्बर बनाएको छ । 

खेलको ८८ औ मिनेटमा रोर्बेटो फिर्मिनोले अर्को गोल गदै ब्राजिलको अग्रतालाई दोब्बर बनाएका हुन् । यसअघि खेलको ५१ औं मिनेटमा ब्राजिलका स्टार नेयमारले उत्कृष्ट गोल गर्दै अग्रता दिलाएका हुन । विलीयनको पासलाई सहि सदुपयोग गर्दै नेयमारले गोल गरेका थिए । शुरुवाती देखिनै दुबै टोलीले आक्रमक रुपमा खेल प्रस्तुत गरे पनि गोल भने गर्न सकका थिएनन् । 

ब्राजिलले पहिलो हाफका दौरान केहि अबसर जुराएका थिए । तर, मेक्सिकोका गोलरक्षक गुल्लेर्मो ओचवाले उत्कृष्ट बचाउ गर्दा ब्राजिलको प्रयास असफल पारिदिए । 

पहिलो हाफमा रेफ्रिले दुई पहेलो कार्डको प्रयोग गरेका छन् । उनले मेक्सिकोका खेलाडी अल्भारेज विरुद्ध ४० औं मिनेटमा पहेलो कार्ड प्रयोग गरेका थिए भने दोस्रो पहेलो कार्ड ब्राजिलका फिलिपे लुईस विरुद्ध प्रयोग गरेका थिए ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।