शनिबार, पुस ६, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

शक्तिमा रहन बालकृष्ण खाँण सुरक्षित निर्वाचन क्षेत्रको खोजीमा

कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाँण लुम्बिनीबाट प्रतिनिधित्व गर्ने शीर्ष नेता हुन्।
 |  बुधबार, कात्तिक १७, २०७८
nespernesper

विनोद परियार

विनोद परियार

बुधबार, कात्तिक १७, २०७८

ntc landingntc landing

बुटवल- कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाँण लुम्बिनीबाट प्रतिनिधित्व गर्ने शीर्ष नेता हुन्। उनी गठबन्धनको सरकारमा अहिले प्रधानमन्त्री शेर बहादुर देउवापछिको शक्तिशाली मन्त्रीसमेत हुन्। तर, तिनै शक्तिशाली मन्त्री र नेता आफ्नो गृहजिल्लामा भने कसरी शक्तिमै रहिरहने भन्ने दोधारमा देखिएका छन्। 

himalayan bank box

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकमा बसेर खाँण निर्वाचनबाट भागेका थिए। त्यतिमात्रै होइन उनले आफ्नै गृहनगरमा सहोदर भाइ रामकृष्ण खाँणलाई नगरप्रमुखमा समेत जिताउन सकेनन्। २०७४ को निर्वाचनमा अंकगणितको विश्लेषण गरेरै समानुपातिकमा बसेका खाँणले यो पटक के गर्छन् भन्ने सर्वत्र चासो छ। 

शक्तिमा रहन सिपालु खाँणले अब आउने निर्वाचनलाई लक्षित गरी रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर १ बाट चुनाव लड्ने आन्तरिक तयारी गरेको कांग्रेस नेताहरूले बताएका छन्। खाँणले नेपाली कांग्रेसको १४औं महाधिवेशनको संघारमा बुटवलको वडा नम्बर ६ बाट क्रियाशील सदस्यता तिलोत्तमा नगरपालिकाको वडा नम्बर ८ मा सारेका छन्। 

आफ्नो गृहनगरमा क्रियाशीलता सारेर खाँडले निर्वाचन क्षेत्र नम्बर १ बाट चुनाव लड्ने सन्देश दिएको कांग्रेसका एक नेताले बताए। ‘खाँण जी आफूले चुनाव जित्ने सुनिश्चित हुने निर्वाचन क्षेत्रको खोजीमा हुनुहुन्थ्यो। क्षेत्र नम्बर १ सुरक्षित देख्नुभयो,’ ती नेताले नेपाल समयसँग भने। 

खाँणले रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर १ र प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने तिलोत्तमाको वडा नम्बर ८ को ११० नम्बरमा उनको क्रियाशील सदस्यतामा नाम रहेको छ। 

क्रियाशीलता सदस्यताले निर्वाचन लड्न खास असर पार्दैन। तर, आफ्नो गृहनगरमा क्रियाशीलता सारेर खाँडले निर्वाचन क्षेत्र नम्बर १ बाट चुनाव लड्ने सन्देश दिएको कांग्रेसका एक नेताले बताए। ‘खाँण जी आफूले चुनाव जित्ने सुनिश्चित हुने निर्वाचन क्षेत्रको खोजीमा हुनुहुन्थ्यो। क्षेत्र नम्बर १ सुरक्षित देख्नुभयो,’ ती नेताले नेपाल समयसँग भने। 

vianet

त्यसो त खाँणले लामो समयसम्म बुटवलमा पार्टीको क्रियाशीलता राखेका थिए। उनले २०४६ सालबाट प्राप्त बहुदलपछिको पहिलो २०४८ को आम निर्वाचन तत्कालीन क्षेत्र नम्बर ४ बुटवलबाट चुनाव जितेका थिए। तर, त्यसपछि कांग्रेसका नेता स्व. सूर्य प्रसाद प्रधानलाई छाडेर अन्यत्र निर्वाचन सारेँ। कांग्रेसको मत कमजोर देख्नासाथ उनले निर्वाचन फेर्दै आएको इतिहास छ। 

यसअघि खाँण २०७० संविधानसभा निर्वाचन निर्वाचन क्षेत्र नम्बर ३ बाट लडेका थिए। त्यतिखेर खाँणले घनश्याम भुसाललाई हराएर विजयी भएका थिए। खाँण नेपाली कांग्रेसका सशक्त उम्मेदवारका रूपमा हेरिन्छ। रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ मा पूर्वअर्थमन्त्री विष्णु पौडेलसँग चुनाव लड्ने कांग्रेसीले आकलन गरिरहेको बेला क्रियाशीलता निर्वाचन क्षेत्र नम्बर १ मा सारेर खाँणले बुटवल नलड्ने संकेत गरेका हुन्। 

त्यसो त एमाले उपमहासचिवसमेत रहेका विष्णु पौडेलसँग खाँणको चुनावी सहकार्य र विकासमा साझेदार गर्ने अघोषित सहमति भएको रुपन्देहीमा चर्चा हुन्छ। 

यसअघि २०७४ को निर्वाचनमा क्षेत्र नम्बर १ बाट कांग्रेस रुपन्देहीका सभापतिसमेत रहेका अब्दुल रज्जाक निर्वाचन लडेका थिए। उनलाई थोरै मतान्तरले एमालेका छविलाल विश्वकर्माले पराजित गरेका थिए। सात निर्वाचन क्षेत्रमध्ये रुपन्देहीमा कांग्रेसका लागि ५ र १ नै सुरक्षित निर्वाचन क्षेत्र हो। 

५ मा भरत शाह निरन्तर विजयी हुँदै आएकाले १ नै कांग्रेसको अर्को सुरक्षित निर्वाचन क्षेत्र हो। शक्तिमा रहनका लागि नेताहरूले निर्वाचन फेर्नु भनेको जनता ठग्ने काम भएको बत्ताउँछन् रुपन्देहीको निर्वाचन क्षेत्र १ को २ का उम्मेदवार कृष्ण प्रसाद पौडेल। उनले निर्वाचन क्षेत्र परिवर्तन गर्ने नेताले जनताको माग सम्बोधन गर्न नसक्ने बताए। नेताहरूको चरित्र आफू केन्द्रित राजनीति गर्ने रहेको उनले बताए।

अहिलेसम्म खाँणले १ बाट नै लड्ने घोषणा नगरे पनि आन्तरिक रूपमा भने तयारी भइसकेको छ। तर, नेपाली कांग्रेसका सभापति अब्दुल रज्जाकले निर्वाचन क्षेत्र नम्बर १ मा क्रियाशीलता सारेको बताउँदै निर्वाचन १ बाट लड्ने कुरा सही नभएको बताए। ‘क्रियाशीलता सरेको हो, तर १ बाट लड्ने तयारी छैन,’ उनले भने, ‘क्रियाशीलतासँग उम्मेदवार हुने कुराको कुनै साइनो हुँदैन, यो फाल्तु कुरा हो।’ 

 जिल्लामा आउँ-जाउ पनि कम 

गृहमन्त्रालय सम्हालेपछि खाँण चार महिनासम्म गृहजिल्ला रुपन्देही आएनन्। उनी यति लामो समयसम्म गृह जिल्ला नआउन विपक्षी मात्रै होइन कांग्रेस कार्यकर्ताहरूले समेत आलोचना गरेका थिए। 

त्यतिमात्रै होइन बुटवलको ज्योतिनगर क्षेत्रमा पहिरोले दर्जन परिवार विस्थापित हुँदा पनि गृहमन्त्रीको खोजी भएको थियो। मोतीपुरमा सुकुम्वासी समूहसँग प्रहरीको झडप हुँदा गोली लागेर ४ जना सर्वसाधारणको मृत्यु हुँदा पनि गृहमन्त्री नआएकोमा आलोचना भएको थियो। 

गृहमन्त्री चार महिनापछि जिल्लामा त आए तर, तिलोत्तमा कांग्रेसले ९५ किलोको माला लगाइदिएपछि आलोचना खेप्नुपरेको थियो। 

गृहमन्त्री भएपछि शक्तिशाली भएका खाँण रुपन्देहीमा पछिल्लो समय निकै कम आउन थालेका पनि छन्।

प्रकाशित: Nov 03, 2021| 07:53 बुधबार, कात्तिक १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...