आइतबार, जेठ १७, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • प्रदेश १ सरकारको मन्त्रिपरिषद् बैठक : पूर्वसरकारका सबै निर्णय खारेज गरिने

प्रदेश १ सरकारको मन्त्रिपरिषद् बैठक : पूर्वसरकारका सबै निर्णय खारेज गरिने

नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईको नेतृत्वमा प्रदेश १ मा नयाँ सरकार गठन भएको छ।
 |  बुधबार, कात्तिक १७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १७, २०७८

काठमाडौं–  नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईको नेतृत्वमा प्रदेश १ मा नयाँ सरकार गठन भएको छ। नयाँ सरकार गठन भएसँगै बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यमन्त्री भीम आचार्यको सरकारले गरेका निर्णय खारेज गर्ने निर्णय गरेको छ।

National life

मंगलबार राति सम्पन्न बैठकले मन्त्रिपरिषद्ले पूर्वसरकारका निर्णय खारेजी प्रक्रियामा लैजानेलगायत विभिन्न तीन निर्णय गरेको हो।

बैठकले आचार्य नेतृत्वको सरकार गठन भएपछि भएका विभिन्न नियुक्ति, सरुवा तथा निर्णयलाई खारेजीको प्रक्रियामा लैजाने निर्णय गरेको हो।

बैठकले आचार्य नेतृत्वको सरकार गठन असंवैधानिक भएको ठहर गर्दै उक्त समयमा भएका सबै निर्णय खारेज गर्ने निर्णय गरेको हो।

आचार्य नेतृत्वको सरकारले प्रदेश पर्यटन बोर्ड, प्रदेश श्रम सल्लाहकार, प्रदेश खेलकुद बोर्ड गठन गर्नुका साथै विभिन्न मन्त्रालयमा भएका कर्मचारीहरूको सरुवा, अस्थायी कर्मचारीको म्याद थपलगायतका निर्णय गरेको सामाजिक विकासमन्त्री जयराम यादवले जानकारी दिए।

Shivam cement

बैठकले प्रदेशका १३७ स्थानीय तहबाट सिमान्तकृत, दलित र विपन्न तथा अल्पसंख्यकलाई प्राविधिक शिक्षा अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको उनले बताए। यस्तै लोपोन्मुख संस्कृति संरक्षणको लागि कार्यविधि तर्जुमा गर्ने निर्णयसमेत बैठकले गरेको छ।

प्रकाशित: Nov 03, 2021| 06:54 बुधबार, कात्तिक १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।