सोमबार, भदौ २९, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • शपथ लिएपछि मुख्यमन्त्री राईले भने- प्रदेशको नाम पहिलो प्राथमिकता

शपथ लिएपछि मुख्यमन्त्री राईले भने- प्रदेशको नाम पहिलो प्राथमिकता

प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नामाकरण सरकारको पहिलो प्राथमिकता हुने बताएका छन्।
 |  मंगलबार, कात्तिक १६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १६, २०७८

विराटनगर– प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नामाकरण सरकारको पहिलो प्राथमिकता हुने बताएका छन्। मुख्यमन्त्री पदको सपथग्रहणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले प्रदेशको नामाकरण हुन नसकेकाले यही आफ्नो प्राथमिकता भएको बताएका हुन्। 

उनले विकासका कामलाई प्राथमिकता दिनेसमेत बताए। बजेटको आकार सानो भएकाले यसको दायरा बढाउने बताएका मुख्यमन्त्री राईले, ‘ बजेटको आकार बढ्ने छ, चुहावट अन्त्य गरिने छ।’

गठबन्धनका दलहरुलाई समेटेर ६ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका उनले विश्वासको मत लिएर मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने बताए। मन्त्रालयको संख्या बढाएर मन्त्रिपरिषद् विस्तार हुने उनको भनाइ छ। 

सरकार सञ्चालनका लागि गठबन्धन दल सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माण गरिने उनले बताए। मन्त्रिपरिषद्मा व्यापक छलफल गर्ने समय नहुने भएकाले संयन्त्रमा छलफल गरेर सरकारले आफ्ना गतिविधिहरु बढाउने मुख्यमन्त्री राइको भनाइ छ।

प्रदेशसभामा आगामी बैठकमा विश्वासको मत लिन सक्ने संभावना रहेको उनले बताए। उनले भने, ‘कात्तिक २३ को बैठकमा विश्वासको मत लिन सकिन्छ वा कात्तिक २६ भित्रमा हुन्छ।’

प्रकाशित: Nov 02, 2021| 19:12 मंगलबार, कात्तिक १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।